निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल

निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल


नया प्रबाह
2.1k
Shares

साउन २८ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् ।

उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् ।

शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

घटनाको भोलिपल्ट राष्ट्रपति भण्डारीले उक्त विषयमा चासो देखाएकी हुन् । ‘राष्ट्रपतिले घटनाको विषयमा चासो राख्नुभएको छ, हामीले स्वाभाविक रुपमा लिएका छौं’ कानुनमन्त्री बन्दीले भने ‘यस विषयमा हामीले गरेका कामका विषयमा उहाँलाई जानकारी गराएका छौं ।’

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको निहारिकाले बताउँदै आएकी छन् ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार