बालिका करणी गरेको अभियोगमा क्रिकेटर लामिछाने विरुद्ध प्रहरीमा उजुरी

बालिका करणी गरेको अभियोगमा क्रिकेटर लामिछाने विरुद्ध प्रहरीमा उजुरी


नया प्रबाह
4.5k
Shares

भदौ २२, काठामाडौ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

स्रोतका अनुसार काठमाडौंको एक होस्टेलमा बस्ने १७ वर्षकी किशोरीले सन्दीपले भदौ पहिलो साता आफूमाथि बलात्कार गरेको भन्दै मंगलबार किटानी जाहेरी दिएकी हुन् ।

जाहेरपछि प्रहरीले बेलुका किशोरीको स्वास्थ्य परीक्षण गराएको छ । प्रहरीले घटनाबारे औपचारिक जानकारी गराएको छैन ।

आफन्तका अनुसार किशोरी सन्दीपको फ्यान थिइन । सामाजिक संजाल मार्फत उनी सन्दीपसँग नजिकिएकी थिइन ।

भदौ पहिलो साता नगरकोटमा लगेर घुमाएको र फर्किएपछि काठमाडौंको गौशालास्थित एक होटलमा आफूमाथि जवरजस्ती  गरेको भन्दै किशोरीले जाहेरीमा उल्लेख गरेको स्रोतले जनाएको छ ।

नगरकोटबाट काठमाडौं फर्किँदा राति अवेर भइसकेकाले होस्टल जान नसकेको र सन्दीपसँग होटलमा बस्नुपरेको किशोरीको तर्क छ । राति होटलमा मादक पदार्थ खुवाएर आफूलाई करणी गरेको उनले बताएकी छन् ।

सन्दीप क्यारेवियन प्रिमियर लिग खेल्न देश बाहिर छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार