सुकुम्बासी बस्ती हटाउन डोजर चलाएपछि राष्ट्रिय भूमि आयोग र काठमाडौ महानगरबीच विवाद

सुकुम्बासी बस्ती हटाउन डोजर चलाएपछि राष्ट्रिय भूमि आयोग र काठमाडौ महानगरबीच विवाद


नया प्रबाह
3.5k
Shares

काठमाडौ // काठमाडौ महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन डोजर चलाएपछि राष्ट्रिय भूमि आयोग र काठमाडौ महानगरबीच विवाद देखिएको छ । यसबारेमा आयोग र महानगरले आज छुट्टाछुट्टै सूचना जारी गरेका छन् । राष्ट्रिय भूमि आयोगले तत्कालका लागि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती नहटाउन पालिकालाई आग्रह गरेको छ ।
आयोगले काठमाडौ महानगरपालिकासहित सबै पालिकालाई भूमिहीन तथा सुकुम्बासी असुरक्षित हुने कुनै पनि काम नगर्न÷नगराउन सूचनामार्फत् जानकारी गराएको हो । निर्वाचन आयोगको निर्देशन अनुसार गएको भदौ ३१ गतेदेखि स्थगन गरिएका काम आचारसंहिता लागू नहुने सूचना आएपछि भूमि आयोगले पून सूचना निकालेर काम थालनी गर्ने सूचनामा उल्लेख छ । साथै आयोगले पालिकासँग कार्य सहमति पत्रमा हस्ताक्षर भइ भूमिहीन, दलित, सकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने काम भइरहेको समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार