अत्याधुनिक प्रविधिसहित छिमेक लघुवित्तको छिमेक मोबाईल बैंकिङ्ग तथा QR मार्फत भुक्तानी सेवा सञ्चालन

अत्याधुनिक प्रविधिसहित छिमेक लघुवित्तको छिमेक मोबाईल बैंकिङ्ग तथा QR मार्फत भुक्तानी सेवा सञ्चालन


नया प्रबाह
2k
Shares

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले छिमेक लघुवित्त वित्तीय संस्था लि. को छिमेक ‘मोबाईल बैंकिङ्ग तथा QR मार्फत भुक्तानी’ सञ्चालनमा ल्याएको छ ।

सस्थाले पुस २१ गतेदेखि सञ्चालनमा ल्याएको मोबाईल बैंकिङ्ग तथा QR मार्फत भुक्तानी मार्फत् ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्ने छन् । उपलव्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई अद्यावधिक-अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले एप्पल स्टोर वा गुगल प्ले स्टोरबाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नुहनेछ ।

यस वित्तीय संस्थाले आगामी ३ बर्षमा करिव ४० प्रतिशत आफ्ना ग्राहक सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा
पुराउने लक्ष्य लिईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार