गृहमन्त्रीसँग माफी माग्दै गणेश बस्नेतले भने, ‘मेरो कारण तपाईको प्रतिष्ठामा आँच आयो, गल्ती भयो’

गृहमन्त्रीसँग माफी माग्दै गणेश बस्नेतले भने, ‘मेरो कारण तपाईको प्रतिष्ठामा आँच आयो, गल्ती भयो’


नया प्रबाह
3.4k
Shares

 

काठमाडौं । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माफी मागेका छन् ।

 

आफूसँग सुचना छ भन्दै सामाजिक सञ्जाल फेसबुकमा गलत अफवाह फैलाएका बस्नेतले शनिबार बिहान गृहमन्त्रीलाई भेटेर माफी मागेका हुन् । यसको सहजीकरण प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटाले गरेका थिए ।

 

सय क्विन्टल सुन त्रिभुवन विमानस्थलबाट चेकजाँच पास भएपछि पक्राउ परेको विषयमा उनले गृहमन्त्रीलाई जोडेर गलत कुरा लेखेका थिए । बस्नेतले माफी माग्दै गृहमन्त्रीलाई भनेका थिए, ‘मेरो नियत त गलत थिएन तर बुझाईमा फरक परेछ, मेरो कारणले तपाईको प्रतिष्ठामा परेको असरप्रति दुखी छु, अब गल्ती दोहोर्याउदिन ।’

 

उनले गृहमन्त्रीले पछिल्लो समय भ्रष्टचारविरुद्ध चालिरहेको कदममा आफ्नो साथ रहेको र रहने समेत बताएका थिए । यससँगै गृहमन्त्रीको सचिवालयको तर्फबाट साइबर ब्युरोमा परेको उजुरी फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार