नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ


नया प्रबाह
2.9k
Shares

नवनियुक्त तीन उपप्रधान सहित  १६ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्।

 

बुधबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पाैडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्।

 

नयाँ गठबन्धनले एमालेले ८, माओवादीले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ र नेकपा एकिकृत समाजवादी २ मन्त्रालय पाउने गरी भागबण्डा गरेका थिए।

 

जसमध्ये आज एमालको ७ जना, माओवादी केन्द्रका ४ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ र नेकपा एकिकृत समाजवादीका २ मन्त्री सपथ ग्रहण गरेका हुन्। एमाले, माओवादी र रास्वपाका एक/एक जना मन्त्रीले सोमबार नै सपथ ग्रहण गरेका थिए।

 

एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका छन्। पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र राजेन्द्र राई खानेपानी बनेका

 

यस्तै, नेकपा (माओवादी केन्द्र) ले ८ मन्त्रालय पाएको छ। माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जलस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन्।

 

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएकाे छ। रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएका छन्।

 

गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन। नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री पठाइसकेका छैनन्।

 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार कांग्रेससँग सहकार्य तोड्दै नयाँ समीकरण बनाएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार