काठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीहरू बीच भर्चुअल सम्मेलन भएको छ । विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा संगठनहरूका करिब ५ सय नेता सहभागी छन् । सम्मेलनमा नेपालबाट पनि मुख्य राजनीतिक दलका नेताहरु सहभागी भएका छन् ।
उक्त भर्चुअल सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली शार्मा लागायत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी लगायतका नेताहरु सहभागी छन् । भने सत्तारुढ दल नेकपा एमालेका नेताहरु इश्वर पोखरेल, प्रदीप ज्ञवाली, सहितका नेताहरु सहभागी छ ।
अन्य दलहरु, नेपाली काँग्रेस, जसपा र नेमकिपालगायत दलबाट पनि सहभागिता जनाएको छ ।
राष्ट्रपति शिले कोरोना महामारीको सामाना गर्न सहकार्य, आतंकवादलगायत अन्य क्षेत्रमा हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । साथै, विश्वका राजनीतिक दलहरूलाई जनताको हित र मानव जातिको प्रगातिको लागि आफ्नो ऐतिहासिक जिम्मेवारी वहन गर्न समेत राष्ट्रपति शिले आग्रह गरेका छन् ।













