मिर्गौला रोगी थोक्रालाई नौकुण्ड समाजकल्याणद्वारा आर्थिक सहयोग

मिर्गौला रोगी थोक्रालाई नौकुण्ड समाजकल्याणद्वारा आर्थिक सहयोग


नया प्रबाह
5k
Shares

रसुवा । जिल्लाको नौकुण्ड २, यार्सा स्थायी निवासी सार्की छिरिङ थोक्रा तामाङ  विगत लामो समय देखि मिर्गौला रोगबाट ग्रस्त रहेकाले  स्थानीय सामाजिक संस्था, “नौकण्ड समाजकल्याण तथा पर्यटन प्रवर्द्वन समाज” द्वारा ढेड लाख भन्दा बढी आर्थिक सहयोग गरेको छ ।

नौकण्ड समाजकल्याण तथा पर्यटन प्रवर्द्वन समाजका अध्यक्ष सज्जन घलेका अनुसार  विरामी थोक्राको सार्वजनिक अपिललाई मनन गर्दै आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गरेको बताए ।

संस्थाको आफ्नै अन्तरिककोषबाट साथै सम्पूर्ण कार्यसमिति सदस्यहरुबाट संकलन तथा संस्थाको रोहवरमा विभिन्न व्यक्तित्वहरू, संघसंस्था तथा देश तथा बिदेशमा समेत समन्वयगरी रकम संकलन गरेर सामाजिक अभियानताहरु सहित संस्थाका उपाध्यक्ष दावा लामा थिङको उपस्थितिमा अध्यक्ष घलेले सहयोग रकम रू, १ लाख ५९ हजार २ सय ६४ रुपैयाँ बिरामीलाई हस्तान्तरण गरेको जनाएको छ ।

विरामी थोक्राले केहि समय अगाडी मिर्गौला प्रत्यारोपण गर्न आर्थिक अवस्थाकै कारण असमर्थ रहेको बताएका थिए । थोक्राका समस्यालाई स्थानीय युवा तथा सामाजिक अभियानताहरुका सामाजिक संजाल फेसबूक  लाइभ मार्फत थोक्राले सहयोग गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार