त्रिशुली-१ (२१६MW) हाइड्रोपावर समक्षा स्थानीयको २४ बुँदे माग, १५ दिनभित्र माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी (पत्रसहित)

त्रिशुली-१ (२१६MW) हाइड्रोपावर समक्षा स्थानीयको २४ बुँदे माग, १५ दिनभित्र माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी (पत्रसहित)


नया प्रबाह
11.8k
Shares

रसुवा । जिल्लाको उत्तरगया गाउँपालिकाको मैलुङमा निर्माणाधीन माथिल्लो त्रिशुली-१ (२१६MW) जलविद्युत कम्पनि समक्षा विभिन्न २४ बुँदे माग सहित माथिल्लो त्रिशुली-१ (२१६MW) जलविद्युत आयोजना सहयोग तथा संघर्ष समिति, रसुवाले सरोकारवाला समक्षा पत्र बुझाइएको छ ।

 

उक्त निर्माणाधीन त्रिशुली-१ (२१६MW) जलविद्युत कम्पनि तथा स्थानीय राजनीतिक दलहरू, जिल्ला प्रशासन लगायत समबन्धित सरोकारवाला निकायहरू समक्षा प्रभावित स्थानीयले गत बुधाबार ( २३ भदौ) मा आफ्नो २४ बुँदे माग बुझाउदै १५ दिनभित्र माग पुरा नभए चरणबद्धआन्दोलन गर्ने चेतावनी दिएका छन् ।

समितिले पत्रमा उल्लेख गरेको छ, “रसुवा जिल्ला कै ठुलो जलविद्युत आयोजना माथिल्लो त्रिशुली-१ (२१६MW) जलविद्युत आयोजना निर्माण हुनु जिल्लाका लागि गौरवको कुरा हो ।

साबिक धुन्चे, हाकु र राम्चेलाई प्रभावित हुनेगरि निर्माण भैरहेको हाइड्रोपावर प्रोजेक्ट र प्रभावित स्थानीयबासीलेहरु बीच विभिन्न चरणमा लेखित तथा मौखिस सहमतिहरू भएपनि  सहमति सम्झौतालाई कार्यान्वयन गर्न बारम्बार ध्यानाकर्षण गर्दा पनि कार्यान्वयनगर्नुको साटो सिमित राकनैतिक दल र केहि व्यक्तिहरुको मात्र हालीमुहाली हुने गरि आयोजना अगाडि बढेको हुनाले हामी अति प्रभावित स्थानीय जनताहरुको साझा संगठन माथिल्लो त्रिशुली-१ (२१६MW) जलविद्युत आयोजना सहयोग तथा संघर्ष समिति, रसुवाले निम्न मागहरु पेश गर्दछ ।” भनि बुँदागत रुपमा उल्लेख गरिएको छ।

समितिले आयोअजना सफल बनाउनुमा आफूहरु रहेको दावी गर्दै प्रभावित स्थानीय जनताको मागहरु१५ दिनभित्र पुरा नगरे चरण बद्ध आन्दोलन गर्न वाध्य हुने समेत पत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार