काठमाडौ । काठमाडौमा जारी ६औं एनभीए क्लब भलिबल च्याम्पियनसिप प्रतियोगितामा महिला तर्फ बिहिबार भएको लिग चरणको अन्तिम खेलमा एपीएफ र न्यु डाईमन बिजय भयका छन । त्रिपुरेश्वर स्थित कबर्ड हलमा बुधबार बिहान भएको पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लब लाई ३- १को सेटमा पराजित गरेको हो ।
खेलको पहिलो सेट एपीएफले २५- १४ले जितेको थियो, भने दोस्रो सेट पुलिस ले २१-२५ले जित्न सफल भएको थियो ।
त्यसपछि भएको तेस्रो र चौथो सेट एपीएफले २५ -१७ ,२५ – १७ले नै जित्न सफल भएको थियो। 
यस खेल पश्चात् पाेल “ए” बाट एपीएफ बिजेता र पुलिस उपबिजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेका छ । भने, बिहीबार नै भएको दोस्रो खेलमा न्यु डाईमन क्लबले नेपाल आर्मीलाई २७-२५, २५-२२ र २५ -२३को सोझो सेटमा पराजित गरेको छ ।
खेलमा निकै उकृष्ट प्रर्दशन गरेकाे नेपाल अार्मि काे डिफेन्स लाईन निकै कमजोर देखियको थियो ।
आफ्नो खेलाडिले सोचेको भन्दा राम्रो प्रर्दशन गरेको भए त पनि डिफेन्स लाईन कमजोर हुदाँ र प्राप्त अवसरहरुको सदुपयोग गर्न नसक्दा हार ब्योहोरेको आर्मीका प्रशिक्षक भरत भण्डारीले नयाँ प्रवाहलाई बताए । 
हार पछि पनि उपविजेता बन्दै अार्मि न्यु डाईमन सँग सेमि फाईनल मा प्रबेश गरेकाे छ । पाेल “बि” बाट डाईमन बिजेता र अार्मि उपबिजेता बनेकाे छ । अब सेमि फाईनल मा एपीएफले आर्मीको सामना गर्नेछ, भने न्यु-डाईमनले पुलिसको सामना गर्ने छ ।
कुल ६ टिम सहभागी रहेको उक्त प्रतियाेगितामा ढाेरपाटन क्लब र एभरेष्ट क्लब बुटवल समूह चरण बाटै बाहिरिएका छन् । अब सेमिफाईनलका खेलहरू बाकी छ ।













