एजेन्सी । न्युजिल्यान्डसँगको हारपछि भारतीय सञ्चारमाध्यमले कप्तान विराट कोहलीलाई ‘भिलेन’को आरोप लगाएका छन् ।
म्यान्चेस्टरको ओल्ड ट्रार्फोडमा खेलाइएको खेलमा न्युजिल्यान्डसँग भारत १८ रनले पराजित भएपछि भारतीय मिडियाले विराट कोहली, केएल राहुल र रोहित शर्मालाई भिलेनको आरोप लगाएका हुन् ।
२४० रनको सामान्य लक्ष्य पनि नाघ्न नसकेको जनाउँदै भारतीय टेलिभिजन एबीपी न्यूजले कप्तान विराट कोहली र ओपनरहरु केएल राहुल र रोहित शर्मालाई भिलेन भनेका हुन् । भारतले ४९.३ ओभरमा अलआउट हुँदै २२३ रन मात्रै बनाउन सक्यो ।
भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक ७७ रन बनाए भने महेन्द्रसिंह धोनीले ५० रनको योगदान दिए । तर दुवैले जित दिलाउन सकेनन् । दुवैले ११६ रनको उत्कृष्ट साझेदारी गरे पनि टप अर्डरका ब्याट्म्यानको प्रदर्शन निराशाजनक भएपछि भारत पराजित भएको हो ।
आजको खेलमा फ्लप भएका कोही, राहुल र शर्मा तीनैजनाले केबल १–१ रन मात्रै बनाउन सके ।
भिडियो हेर्नुहोस्












