पर्यटन प्रवर्द्धनका लागि यःमरी फेस्टिवल

पर्यटन प्रवर्द्धनका लागि यःमरी फेस्टिवल


नया प्रबाह
2k
Shares

काठमाडौँ । फुड लभरहरुका लागि आगामी मंसिर २१ गते (शनिबार) बिशेष दिन बन्न सक्छ । काठमाडौँस्थित सेतो मछिन्द्रनाथ मन्दिर परिसर, केल टोल जनवहाल–असनमा आयोजना हुने यःमरी पुन्ही फुड फेस्टिवलले यस्तो अवसर जुटाउन लागेको हो  ।

कार्यक्रममा काठमाडौँ उपत्यकाभित्र नेवारी समुदायको बिशेष परिकारको रुपमा चिनिएको यमरीको स्वाद लिन सकिनेछ । यमरी पुन्हीको पुर्वसन्ध्यामा सहभागिता जनाउनेहरुले स्टलमा राखिएका बिभिन्न फरक–फरक परिकारहरुको अर्गानिक स्वादको मज्जा लिन पाउनुको साथै बिशेष छुटमा योमरी किन्न सक्नेछन् ।

पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन बिद्यार्थी मञ्च-नेपालको आयोजनामा नेवारी समुदायमा एक शताब्दी इतिहास रचेको यमरी पक्कै पनि रोचक र फरक स्वाद बन्न सक्नेछ । पछिल्लो समय समुदायबाट लोप हुदै गएका र खानामा आफ्नै मौलिक पहिचान बनाएका नेवारी परिकारहरुलाई जर्गेना गर्न र नयाँ पुस्ताहरुलाई स्वाद चखाउन आफूहरुले यमरी पुन्ही फेस्टिवल ११४० को आयोजना गरेको पर्यटन विद्यार्थी मञ्च–नेपालका अध्यक्ष अभिषेक अर्यालले बताए ।

शताब्दी इतिहास बोकेको यमरी तथा नेवारी परिकारको संरक्षण,नयाँ पुस्तामा हस्तान्तरण र समाजमा सकारात्मक प्रभाव पार्ने कार्यक्रम संयोजक एबम मञ्चकी सचिव बिजिता शाक्यले बताईन । पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्धेश्यले उक्त कार्यक्रम मंसिर २१ गते (शनिबार) बिहान ११ बजे देखि बेलुकी ६ बजेसम्म चल्ने र बिदेशी सहभागीहरुलाई यमरी बनाउन सिकाईने उनले जानकारी दिईन ।

उक्त कार्यक्रमलाई पर्यटनसंग आबद्ध बिभिन्न संघ सस्थाहरुले सहयोग र सहकार्य गरेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार