भारतीय भेरियन्टले खोपविरुद्ध प्रभाव पार्न सक्ने

भारतीय भेरियन्टले खोपविरुद्ध प्रभाव पार्न सक्ने


नया प्रबाह
936
Shares

भारत। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार भारतमा फेला परेको भेरियन्ट अत्यन्त चिन्ताजनक बताएको छ।

डब्ल्यूएचओले भनेका छ कि भारतमा बी. १. ६१७ भेरियन्ट फैलिएको छ । यो बढी संक्रामक देखिन्छ र यो ‘चिन्ताजनक’ मानिएको छ।

डब्ल्यूएचओका कोविड १९ का प्रमुख मारिया वेन केरखोभका अनुसार  यो अधिक संक्रामक छ र यसले खोपको बिरूद्धमा ठूलो प्रभाव पार्छ।

मारियाले यो भेरियन्टलाई  विश्वले चिन्ता गर्नु पर्ने भेरियन्ट भनि घोषणा गर्नु पर्ने बताएकी छिन ।

सोही समयमा डब्ल्यूएचओका प्रमुख टेड्रोस अडोनोम गेबेरियसिसले भनेका छन् कि डब्ल्यूएचओ फाउंडेशनले भारतमा स्वास्थ्यकर्मीहरूको लागि अक्सिजन, औषधि र सुरक्षा उपकरणहरू किन्नको लागि रकम जम्मा गर्ने लक्ष्य लिएर ‘टुगेदर फर इंडिया’ अभियान चलाइरहेको छ।

एजेन्सीको सहयोगमा ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार