कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै, पछिल्लो २४ घण्टामा ४५७ जनामा सङ्क्रमण पुष्टि

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै, पछिल्लो २४ घण्टामा ४५७ जनामा सङ्क्रमण पुष्टि


नया प्रबाह
3k
Shares

काठमाडौँ । नेपालमा फेरि कोरोना सङ्क्रमण संख्या बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ भने हालसम्म सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार