रसुवा – यही बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको कालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । विगतका जनप्रतिनिधिका अक्षमताहरूलाई समेत मध्यनजर गर्दै तथा आजको समयको आवश्यकतालाई ध्यान दिँदै पार्टीले मंगलबार प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो । कालिका गाउँपालिका भित्रका विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्नका लागि क्रेडिट कार्डको को व्यवस्था गरिने, सम्पूर्ण जनसंख्यालाई १० देखि ५० लाखसम्मको मेडिकल र दुर्घटनाका साथै जटिल रोगहरू समेटेर बीमा गर्ने, गाउँपालिका शिक्षा कोष बनाई शिक्षालाई जीवन उपयोगी बनाइने, प्रि स्कुल उमेरका बालकालिकालाई पोषणको कार्यक्रम लागू गरिने लगायतका प्रतिवद्धता रहेको छ ।
रसुवाको राजनीतिक इतिहासमा माओवादी केन्द्र औपचारिक रूपमा सक्रिय भएको करिव १५ वर्ष मात्र भएको छ । १५ वर्ष भनेको एक युगको अनुपातमा हेर्ने हो भने एक निमेष पनि होइन । तर पनि रसुवामा बाम आन्दोलन भने पञ्चायतको अन्त्यतिरबाट नै विकसित भएको थियो । यो बाम आन्दोलनले यहाँको सामन्ती उत्पीडन विरुद्धको चेतना विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ । रसुवामा लामो समय पञ्चायतका पञ्च र कांग्रेसका नेताहरू नै बढी सक्रिय थिए । एमाले पनि पञ्चायतको मध्येदेखि कुनै न कुनै रूपमा सक्रिय थियो । नेपाली कांग्रेस र नेकपा (एमाले) राजनीतिमा सक्रिय भएको समयमा रसुवाको जनशक्ति विकास हुनै सकेन । साथै, भौतिक पूर्वाधारको विकास पनि शून्यप्रायः नै रह्यो। जसका कारण अहिले पनि रसुवाली जनता अन्य जिल्लाका जनताभन्दा कमजोर अवस्थामा बाचिरहेको अवस्था छ ।
माओवादी केन्द्रको १५ वर्षको राजनीतिक सक्रियतामा रसुवाको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान रहेको छ । हामीले रसुवाली जनताको सहभागिता र पार्टी केन्द्रका नेताहरू वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, कृष्ण बहादुर महराको पहलमा र पुष्पकमल दाहाल प्रचण्डबाट नै पहल कदमी लिएर स्थानीय जनतालाई चिलिमे जलविद्युत आयोजनामा १० प्रतिशत शेयर वितरण गरिएको छ । यो काम नेपालकै नमूना कामको रूपमा विकसित भएको छ । यो घटनापछि नै नेपालभर स्थानीय जनतालाई शेयर वितरण गर्ने कानूनी व्यवस्था निर्माण भएको हो । पार्टीले सडक सञ्जाललाई प्राथमिकतामा राखेका थियो। पार्टीले बुनुवा–कर्मिडाडाँ–ढुँगे– चिउरीबोट सडक सुरुवात गरेर निर्माण सम्पन्न गरेको छ । बेत्रावती–सालघारी–सिम्ले– पाखोला सडक हामीले नै एक वर्षमा निर्माण सम्पन्न गरिएको छ । जुन सडकलाई पार्टीका नेता स्वर्गीय पोष्ट बहादुर बोगटीले उद्घाटन गरी बस सेवा समेत सञ्चालनमा ल्याउनु भएको थियो । यहाँबाट भोर्लेहुँदै सरमथली जोड्ने सडक पनि हामीले नै विकसित गरेको सोचको परिणाम हो । जुन सडक अहिले यार्सासम्म पुगिसकेको छ । वर्षौदेखि स्याउवारीबाट अगाडी बढ्न नसकेको स्याउँवारी लोकिलहुँदै यार्सा जाने सडक हामीले नै निर्माण गरिएको छ । कालिकास्थान घुम्तीदेखि जिवजिवेको सडक सुरुवात गर्नेदेखि घलेगाउँहुँदै किमार्जुङ–सरस्यु–घोर्मु सडकको निर्माण सम्पन्न हामीले नै गरेका हौँ । लच्याङहुँदै सरमथली ल्याउने सडक हाम्रो पहलकदमीमा निर्माण सम्पन्न भएको हो ।
यार्साको पानी नुवाकोट लैजाँदै गर्दा सोको सट्टा सडक सञ्चालनबाट सरमथली, यार्सा, सडक सम्झौता गरी निर्माण सम्पन्न गर्न स्थानीय जनताको संघर्ष र माओवादीको पहलकदमीका कारण सम्भव भएको हो । भार्खुदेखि ठूलो स्याफ्रुको सडक निर्माण जनमुक्ति सेनाकै शिविर निर्माण गरेर तत्कालीन प्रशासन र लाङटाङ राष्ट्रिय निकुञ्जसँग संघर्ष गर्दै स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गर्दै माओवादीले नै निर्माण सम्पन्न गरेको हो । बृद्धिम जाने सडक, थुमन जाने सडक निर्माण माओवादीले नै गरेको हो ।
रोङ्गाबाट चिलिमे जाने सडक, चिमिलेबाट गत्लाङ जाने सडक, वाहुनडाँडा हुँदै ग्रे–हाकु– कर्म¥याङ–डाँडागाउँ–ठूलोगाउँ हुँदै नुवाकोटको सातदोवाटो जोड्ने सडक माओवादीकै नेतृत्वमा रातो किताबमा पारेर अभियानका रूपमा हालसम्म पनि निर्माण भइरहेको छ । अर्चले पैरे–ठूलोगाउँ पैरे–डाँडागाउँ हुँदै खड्कु जाने सडक माओवादीको नेतृत्वमा निर्माण गरिएको हो । धारापानी–तारुके सडक, कर्मिडाँडा–मनिगाउँ–भलायाँडाँडा हुँदै पैरेवेशी सडक, जिवजिवे–धारापानी–रुसेपानी–धुसेनी सडक, राम्चे–पलेप–ग्राङ सडक, धुन्चे–नागुङ–धुन्चे भिमली सडक निर्माण माओवादीको सोच र नेतृत्वको परिणाम हो । जुन निर्माण सम्पन्न
भइसकेको अवस्था छ । स्थानीय तह निर्वाचन–२०७९ प्रतिवद्धता–पत्र













