ढकालको अध्यक्षतामा एमाले रसुवाको नेतृत्व सर्वसम्मत

ढकालको अध्यक्षतामा एमाले रसुवाको नेतृत्व सर्वसम्मत


नया प्रबाह
3.3k
Shares

रसुवा । नेकपा एमाले रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको नवौँ जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको हो ।

अध्यक्ष चुनिएका ढकाल यसअघि जिल्ला कमिटीमा सचिवका रुपमा कार्यरत थिए । अधिवेशनले जिल्ला कमिटीको उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ, सचिवमा पेम्बा लामा, उपसचिवमा सुकबहादुर तामाङ र चमेली गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार