राजावादी सैतानहरुको नाममा
–माधब लामिछाने (समिर)
अहिले नेपालको राजनितिक परिदृष्यमा इतिहाँसको रक्ष्यानमा मिल्काईसकिएको राजतन्त्रको भुत फेरी जनतालाई तर्साउन लागी परेको देखिदैछ । पुर्व पञ्चहरुको पार्टी राप्रपा ले त राजसंस्था सहितको ब्यवस्थाको वकालत गरि राखेकै थियो । यसलाई ताप्के नताती विँड तातिएको रुपमा वुझिएको थियो तर पछिल्ला दिनमा पुर्व राजाले प्रजातन्त्र दिवसमा दिएको सन्देश, देशव्यापी मन्दिर दर्शनको नाममा गरिएको सहानुभुति वटुल्ने कार्य, पोखरावाट काठमाण्डौ आउदा स्वागतको नाममा गरिएको गतिविधी र राजसंस्था पुर्नस्थापनाको लागी भन्दै पुर्व पञ्च नवराज सुवेदीको नेतृत्वमा वनेको समिति र आफुले भेटेको भोलीपल्ट जनकमाण्डर भन्दै एकजना अराजक दुर्गा प्रसाईलाई नेतृत्व दिइनु तथा १५ गते जनविद्रोहको नाममा तिनकुने क्षेत्रमा गरिएको हत्या आगजनी र लुटपाटका घटना सम्म आइपुग्दा राजतन्त्रको भुत सल्वलाएको प्रत्यक्ष अनुभुती भएको छ ।
किन जाग्यो राजतन्त्रको भुत
दश वर्षे महान जनयुद्ध र १९ दिनको जनआन्दोलनको वलमा देशमा २४० वर्षदेखीको राजतन्त्रलाई जरै देखि उखेलेर त्यसको ठाउमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको हो । त्यतिखेर जनतामा परिवर्तनको उत्कट चाहना थियो । देशले राजनैतिक निकास पाइसकेपछि आर्थिक सम्वृद्धीतिर अगाडी वढ्नु पर्ने थियो । दलाल पुँजीवादले खर्लप्पै निलेको देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको गति पकड्नु पर्ने थियो तर विडम्वना नेतृत्वले त्यता ध्यान दिएन या दिन सकेन । त्रिशंकु संसदको कारण सरकार हेरफेरमै वढी ध्यान गयो जनताले सुसासनको प्रत्याभुत गर्न पाएनन् । जसको कारण जनतामा निरासाको रेखा वढ्दै थियो । यही विचमा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको नेतृत्वमा वनेको सरकारले देशमा शुसासन कायम गर्न केही ठुला फाईलहरु खोल्ने काम ग¥यो । मुख्यत भुटानी सरणार्थी प्रकरण, ललिता निवास जग्गा प्रकरण मिटर व्याज पिडित को माग सम्बोधन, लगायतको काम गर्दै जाँदा भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त वेचन झाको गिरफ्तारी पछि अत्तालिएको एमाले कांग्रेश नेतृत्वले बिचौलिया रामेश्वर थापाको घरमा वसेर नयाँ सहमती वनाए । सरकार ढाले । यसले जनतामा व्यापक असन्तोष वढायो । सरकारले प्रचण्ड सरकारले सुरु गरेको अभियानलाई निरन्तरता दिएको भए पनि सायद जनतामा आशको दियो मर्ने थिएन तर सरकारले त एकपछि अर्को गर्दैै गलत निर्णयहरु गर्न थाल्यो । नावालिकालाई घरेलु कामदार वनाउने एमाले साँसद रेखा शर्मालाई मुद्धा नचलाउने निर्णय मात्र गरेन उपप्रधानमन्त्री प्रकाशमान सिंह की दिदि रिता सिंह मुख्य अभियुक्त भएको वालमन्दिरको जग्गा, वाँसवारी छालाजुत्ता कारखानाको जग्गा चौधरी समुहले लिएको जग्गा मुद्धा, जापानमा मानव तस्करी गरेका कोशीका मुख्यमन्त्री लिला वल्लभ अधिकारीको मुद्धा लगायतका मुद्धा महान्यायाधिवक्ता कार्यालयवाट नचलाउने निर्णय भयो । यसले वर्तमान सरकार वन्नुको अन्तर्य नराम्रो संग वाहिर ल्याईदियो । बिचौलियाका काममा वर्तमान सरकार कतिसम्म लाग्यो भने धितोपत्र वोर्ड, नेप्सेको सिइयो, को नियुक्तिमा विचौलियाको स्वार्थमा काम भयो । त्यतिमात्र नभएर वर्तमान सरकारले घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजाने तथा लोडसेडिङ हटाउने कार्यका लागी वाहवाही पाएका कुलमान घिसिङलाई चार महिना कार्यकाल वाँकी छँदै हटाउने निर्णय ग¥यो । यि त केही मुख्य विषयहरु हुन । सरकार हरेक दिन विचौलियाको काम गर्ने जनताको काममा वास्ता नगर्ने उखान तुक्कामा उडाउने कार्यमा मात्र सिमित रह्यो । यसले जनतामा गणतन्त्र र यसका नेतृत्वप्रतिको विश्वास कम हुँदै गयो । ठिक यहीँनेर दुर्गा प्रसाँई जस्ता अराजकले असन्तुष्ट जनताको विचमा पसेर लघुवित्त पिडितको विचमा पसेर महँगो व्याजदरको मारमा परेका जनताको विचमा पसेर उट्यट्याङ कुरा गर्दै जनता भड्काउन सफल हुँदै गए । उता छिमेकी देश भारतमा हिन्दु अतिवादी मोदी र आदित्यनाथ योगीहरु सरकारमा भएको तथा साह राजाहरुको योगीसंग भएको सामिप्यतालाई समेत प्रचार गर्न भ्याए । हिजो राजाको पालामा वसेर लुटेका पुर्वपञ्चहरुको ग्रन्थी यहीवेला रसाउन थाल्यो भने राजालाई पनि मौकामा चौका हान्न सक्छु की भन्ने लाग्यो र उनी राजतन्त्रको भुत जगाउन अभियानमा लागे ।
के साँच्चै स्वर्णयुग थियो त राजतन्त्रकाल
२४० वर्षे राजतन्त्रको ईतिहाँस हेर्ने हो भने काटमार हत्या घोखाघडी ऐस आराम र दमन वाहेक केही नजर आउँदैन । पृथ्वी नारायण साह पछिका राजाहरु कित मारिए कि लखेटिए । पुरा अवधीभर वाँच्न पाएनन् । कोत पर्व भण्डारखाल पर्व अलौ पर्व जस्ता इतिहाँसमा लेखिएका पर्वहरुको वारे त सवैलाई थाहा हुने भयो त्यो वाहेक अरु कैयौ घटनाहरु छन जो गुपचुप छन । आफु राजा हुन वाुवलाई मार्ने प्रचलन साहबँसको लागी नौलो कुरा होईन । वहादुर साह, सुरेन्द्र विक्रमको कुरा छोडौं दियालो बंगलामा मरेका राजा महेन्द्रको कुरा होस या ऐस्वर्यले विरेन्द्रलाई गोली हानेको कुरा या दरवार हत्याकाण्डमा मरेका राजा विरेन्द्र र दिपेन्द्र लगायतका यहाँ भित्र धोकाघडी वाहेक केही आउदैन । अर्कोतिर राजाहरुले दैनिकी सुरामा लठ्ठीएर सोझा सिधा चेलीहरुलाई सुसारे वनाउने वा आफुलाई मनपरेपछि जवरजस्ती उठाएर दरवारमा ल्याउने र तिनीहरु संगको मोजमस्ती वाहेक एउटा भारदारको कुरा सुनेर अर्कोलाई मार्ने वा लखट्ने काम वाहेक राजाहरुको अरु काम हुँदैनथियो । जसको कारण वहादुर साह, काजी भिम मल्ल र राष्ट्रवादी मुख्तियार भिमसेन थापा लगायतको हत्या केही उदाहारण हुन । पछिल्लो पञ्चालयतकाललाई हेर्ने हो भने नेपालको लिपुलेक, कालापानी क्षेत्र भारतलाई वुझाउने काम राजाकै थियो । त्यतीमात्र होईन राजाको प्रत्यक्ष कालमा नै कोशी गण्डकी र महाकाली सन्धी भएको हो । यसवाट राजाहरु देशभक्त हुन्छन भन्ने पनि भ्रम मात्र हो । अझ दाजुको वंशनास गरेर राजा भएका ज्ञानेन्द्रको उपद्रो हिसाव गर्ने हो भने उनी अधिराजकुमार हुँदा नै नेपालका महत्वपुर्ण मुर्तिहरु क्रेन लगायर वा चोरेर वाहिर पु¥याईए विना लगानी विभिन्न कम्पनीको शेयर त्यो उनको निजी सम्पती हुनै सक्दैन । त्यो त जनताको खुन पसिनाको लुट हो । त्यसमा उनले मोज गरेका हुन । यहाँ मान्छेहरु पारस साहको वारेमा जानकार छन तर अहिलेको पुस्ता ज्ञानेन्द्रको वारेमा जानकार नहुन सक्छन । पोखरामा नमिता सुनिता वलात्कार पछिको हत्याकाण्ड देखि गायक प्रविण गुरुङको हत्या सम्म जनतामा छिपेको छैन । यीनै राजा ज्ञानेन्द्रकोे पालामा हैन १७००० नेपाली जनता मार्न लगाएको । जनता मार्ने मात्र होईन देवी खड्का, मैना सुनार लगायत झण्डै ४ हजार नेपाली आमा दिदी वहिनीलाई वलात्कार र कैयौको वलात्कार पछि हत्या गर्न लगाउदा को थियो सत्तामा ज्ञानेन्द्र र अहिले राजतन्त्र फर्काउन खोज्ने कैयौँ पुर्व पञ्चहरु होईनन् । हिजो हाम्रा वावु वाजेको पालामा पञ्चायतले उनिहरुको विरोध गर्नेलाई अराष्ट्रिय तत्व भन्थ्यो । सामान्य रिसइवीकै आधारमा मान्छे मार्थे वा जेलमा हाल्थे । गाउँ गाउँमा पञ्चहरुको दादागिरी अहिलेको पुस्ताले सम्झन पनि सक्दैन । हलिया, कम्लहरी, वादी, दलित, वा अल्पसंख्यक जस्ता मान्छेलाई मानव दासको रुपमा राखिने हिजोको व्यवस्था र आजको दिनको विचमा तुलनै हुन सक्दैन । राजा हिन्दु धर्मप्रति वफादार छन भनौ भने हिजो राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएको वेला कृष्चियन भएका तुलसी गिरिलाई मन्त्री परिषद उपाध्यक्ष वनाएवाट पनी राजाहरु धर्म प्रति इमान्दार छैनन भन्ने प्रष्ट हुदैन र । हिजो तामाङहरु हलि गोठाला र सेनामा पिपा सम्म काम गर्न पाउँथे राजाहररु चढ्ने गाडी भिमफेदीवाट वोकेर विना ज्याला काठमाण्डौ ल्याईदिनुप¥थ्यो । राम्रा छोरी चेली की दरवारमा की वम्वैको कोेठीमा पु¥याउथे । आज त्यो दिन छैन तामाङको छोरा यो देशको स्थानिय र प्रदेश सरकारको प्रमुख हुन पाएको छ । मन्त्री हुन पाएको छ । सेना प्रहरीमा माथिल्लो ओहदा सम्म पुग्न सकेको छ । राजाको पालामा हिजो दलितहरु आगनको पल्ला छेउमा राखेर भात खुवाईन्थ्यो । छोइयो भने छिटा हाल्न लगाईन्थ्यो तर आज दलितको छोरी स्थानिय सरकारमा अनिवार्य चुनिनु पर्ने व्यवस्था छ । ति हिजोका पञ्चहरु वडामा जाँदा तिनीहरुलाई नमस्कार गर्नु पर्छ अनी कसरी खपुन पञ्चहरुले । त्यतिमात्र कहाँ हो र समावेसीको कारण तामाङ, मगर लगायत जनजातीहरु दलितहरु आरनवाट संसदमा खेतवाट हलो जोत्दा जोत्दै गाउँ पालिकामा चुलो चौकोवाट महिलाहरु राष्ट्रपतिमा सभामुखमा मन्त्रीमा सरकारी कर्मचारीको उपल्लो ओहदामा पुगेका छन कसरी खप्ने उच्च अभिजात वर्गले यो कुरा त्यसैले उनीहरु यो व्यवस्थाको विकल्प खोज्नपुगे ।
आज मन्दिर, गुम्वा वनेको छन मुर्ति हराएको छैन । गाडी वोक्नु पर्दैन गाउँ गाउँ सम्म गाडीले मान्छे वोक्छ । जनताको राम्री छोरी चेली वम्वै पूग्न पनि छोडे र दरवारको सुसारे वन्न पनि छोडे यस्तो व्यवस्था किन चाहियो राजालाई र तिनका दासहरुलाई यो व्यबस्था ।
अव के हुन्छ
संसदमा रहेको राजावादी दल राप्रपा पनि राजसंस्थाको लागी आन्दोलन गर्न लागेको छ भने हिन्दु अतिवादी र राजावादी संस्थाहरु पनि आन्दोलनमा छन । उनीहरु अहिलेको सरकारको नालायकीको विपक्षमा रहेका जनतालाई भड्काउदै अगाडी बढ्ने रणनितीमा छन । म यो सरकारले राम्रो गरेको छ भन्दिन तर यो सरकार जनतावाट चुनिएका प्रतिनिधीले चलाएका छन । जनतामा असन्तोष छ भने आउदो चुनाव वाट प्रतिनिधी फेर्न मिल्छ । सरकार फेर्न मिल्छ । हाललाई यो सरकारलाई जनपक्षिय काम गर्न दवाव दिने हो । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सवालमा सडक र सदनमा आवाज उठाउने हो । आत्न निर्भर अर्थतन्त्रको विकास गर्दै जनतालाई समुन्नत वनाउन लागीपर्ने हो । संसदवादी दलभित्र प्रष्टता छैन । संविधानले यो गणतन्त्रलाई सुदृढ गर्दै समाजवादी गणतन्त्रमा जाने कुरा गरेको छ । दलहरुले त्यसमा सामुहिक सहमती खोजेर अगाडी वढ्ने हो । यो वाहेक अर्को विकल्प छैन । हजारौ गणतन्त्र समर्थकको लास र रगतको आहाल, हजारौको जेलनेल यातना, हजारौ वेपत्ता योद्धा र लाखौ जनताको श्रम र पसिनावाट वनेको यो गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै हो । यसलाई समाप्त गर्न खोज्नेहरु विरुद्ध सवैभन्दा पहिला त्यो दलित जसले मान्छे वनेर वाँच्न पाएको छ र सत्तामा हक पाएको छ । ति जनजातीहरु जसले आज एकल उच्च जातिय अहँकारवाद वाट मुक्ति पाएका छन । ति महिलाहरु जसले आज हरेक सरकारमा तेत्तिस प्रतिसत सहभागिता जनाउन पाएका छन वा समावेसीताको नाममा रोजगारीमा अवसर पाएका छन तिनिहरु उठ्नु जरुरी छ । किनकी सवैभन्दा वढी हक उनिहरुले पाएका छन । त्यस्तै हामी लाखौ जनता जसले गणतन्त्रको लागी वलिदान दिएका छौ हामी फेरी वलिदान दिन तयार छौं तर सामन्ति दासता स्विकार्य छैन । हाम्रो लासहरुको थुप्रोवाट मात्र तिमीहरु अगाडी वढ्न सक्छौ । अन्यथा तिम्रो सपना पुरा हुनेछैन ।













