ठूलोगााउँ हत्या काण्ड स्मृतिको आँखिझ्यालवाट: माधब लामिछाने ‘समिर’

ठूलोगााउँ हत्या काण्ड स्मृतिको आँखिझ्यालवाट: माधब लामिछाने ‘समिर’


नया प्रबाह
12.2k
Shares

आज पौष १३ रसुवाको ठुलोगाउँ हत्याकाण्ड भएको कहालीलाग्दो दिन सम्पुर्ण सहिदहरु प्रति भावपुर्ण श्रद्धान्जली सम्झनाको लागी मेरो पुरानो लेख पुन प्रस्तुत गरेको छु ।

ठूलोगााउँ हत्या काण्ड स्मृतिको आँखिझ्यालवाट

–माधव लामिछाने (क. समिर)

खै कहाँ वाट सुरु गरौं, मनभित्रका भावनाहरु छताछूल्ल हुन्छन । हृदयभित्र बेदनाका छालहरु मडारिन्छन र मन रेल झै सुईकिदै ंंंंंंंपुग्छन युद्धको महासमरमा । वर्ग संघर्षको मोर्चामा अनुभुति गरिएका थुप्रै सुखद अविस्मरणिय क्षणहरु तारुका देखि दार्खा रेड हुदै पस्चिम र गन्डकको लम्वे मार्चपासहरुका एक एक फोटोको पत्रझै पल्टीदै जान्छन अनि अर्को पाटोमा सुरु हुन्छ मन नै कटक्क पार्ने पिडा दायी क्षणहरु , चाहे त्यो वीर वहादुर मोक्तानको हत्याको खवर होस या मैलुङमा क.कोेण्डुल र महेशको वीरतापुर्ण मृत्युको , जिवजिवेको दर्दनाक हत्याकाण्ड होस या वेत्रावतिको सवै घटनाहरुले मनलाई एकतमासको वनाई दिन्छ । हजारौं त्यस्ता घटनाहरु छन जसले मनभित्रका पिडाहरुलाई आक्रोसमा वदलेर वर्ग वैरी विरुद्ध प्रहार गरीएको छ र त माओवादी पार्टी आज यो स्थितिमा आउन सम्भव भएको छ । यिनै घटनाहरुको विचमा रसुवाको इतिहाँसमा सदैव याद दिने नृसंस नरसंहार जहाँ क्रान्तिकारीहरुको विरता, र वलिदानले नयाँ किर्तिमान कायम गरेको थियो, हो त्यही घटना जहाँ जिल्लास्तरका हत्याराहरुको योजना र स्थानिय सुराकीहरुको सक्रियतामा नेपाल आमाका आठ जना होनहार छोराछोरीहरुको हत्या गरिएको ठुलोगाउँ घटना (जहाँ यो पङतिकार पनी परेको थियो ) लाई आफ्नो आखाँले जस्तो देख्यो त्यस्तै उतार्ने प्रयत्न गरिएको छ ।

२०५९ साल पौष १३ गतेको त्यो कालो विहान संगै आठ जना सहयोद्धाहरुले वलिदानी दिएको पनी आज साढे चार वर्ष पुगिसकेछ । त्यतिखेर हाम्रो जिल्ला पार्टीको योजनामा नुर शहिद सम्मान अभियान चलिरहेको थियो । रसुवा र नुवाकोटमा दुई ठाउँवाट अभियान चलाउने योजना अनुसार हामीले नुवाकोटको सातदोवाटेवाट पौष ११ गते माओ दिवस को अवसर पारेर सभा गरी अभियानको उदघाटन गरेका थियौं । त्यहाँ हामीले शहिद परिवारहरुलाई सम्मान ग¥यौं र कसम खाएका थियौ कि सहिदहरुका अधुरा सपना पुरा गरेरै छाड्नेछौं चाहे शहिद हुनु नै किन नपरोस । कस्तो अनौठो संयोग शहिद सम्मान अभियानको दोस्रो कार्यक्रम रसुवाको ठुलोगाउँ –५मा गरेर वडा नं. १ मा सुतेका आठ आठ जना कसम खाने योद्धाहरु नै दुश्मन सामु नझुकीकन शहिदको पङ्तीमा लामवद्ध हुन पुग्नु भयो । त्यो दिन विहान करिव ४ः०० वजे नै हाम्रो टोलीका बहुसंख्यक योद्धाहरु उठेर रोलकलमा लागी सक्नु भएको थियो । केहि साथिहरु भने चिया पकाउने तयारी गर्दै हुनुहुन्थ्यो, भने हामी केहि साथीहरु गित गाउदै थियौं ”शाही नेपाली सेना लाई हाम्रो प्रश्न छ , सामन्ती राजतन्त्र अव कहाँ छ ।……” त्यती नै खेर एकजना कमरेडले खवर लिएर आउनु भयो वाहिर सेना आएको छ भन्ने हामीले के रहेछ भनेर वुझ्ने प्रयत्न गर्दै थियौ त्यति नै खेर ज्त्त टिम वसेको घर, साथिहरुले सारिरिक व्यायाम गर्दै गरेको ठाउँ र अन्य हाम्रो साथिहरु वसेका घरहरुमा एकै पटक गोलीको वर्षा हुन थाल्यो ।जताततै ठोक ठोकको आवाज आई रहेको थियो घरका मान्छेहरु रुदै कराउदै दौडीरहेका थिए । अइया मरेनी को आवाज आउदै थियो हामी वसेको घरमा १२ जना साथिहरु थियौं दुश्मनको गोलीको वर्षा विचवाट प्राय सवै साथीहरु घेरा ताडीसक्नु भएको थियो म भने सारिरिक रुपमा असक्त जस्तै थिए त्यसैले मैले घेरा तोडेर निस्कन संभव थिएन र म घर भित्र नै रहे तर घरका वा आमाले तपाई पनी भाग्नोस भनेर वारम्वार अनुरोध गरेकोले गिरफ्तार भएर यातना पाई पाई मारीनु भन्दा घेरा तोडेर गोली खाइ मर्न श्रेयस्कर ठानी म पनी आगनमा निस्कीए करीव २५ मिटर टाढावाट एउटा कराउदै थियौ पर्खि पर्खि भन्दै म वेवास्ता पुर्वक भैसीको गोठमा ओर्लिए र एक दुई कान्ला हाम फाले त्यति खेर मेरो भेट क.सोनाम काकासंग भयो वहाँ र म विस्तार विस्तार हामफाल्दै केहि तल ओर्लियौ त्यतिन्जेल सम्ममा दुश्मन हाम्रो नजिकै आई सकेको थियो हामी गोलीका पर्राहरु छल्दै केही वरको भिरमा आयौं र त्यहाँवाट हामफल्दै खोलामा झ¥यौ र नुवाकोटको मनकामनाको जंगलमा गर्यौ त्यहा हाम्रो भेट एकजना घाईते वहिनी र अरु २ जना साथीहरु संग भयो हामी केही अगाडी वढेपछी हाम्रो टिम कमाण्डर क. त्रिचन्द्र संग भयो र हामी संपर्क प्वाईन्ट तिर लाग्यौं । । त्यतिखेर सम्म छ जना मात्र साथिहरु संपर्कमा आई पुग्नु भएको रहेछ हामीलाई लाग्यो वहुसंख्यक साथीहरु सहिद हुनु भयो होला किनकी त्यहाँको भुगोल अत्यन्तै प्रतिकुल खालको थियो । हामीले केही साथीहरुलाई वुझ्न संपर्कमा पठायौ साथीहरुले खवर ल्याउनु भयो एक जना महिला सहित ८ जना कमरेडहरुको आततायी खुनी जत्था द्धारा हत्या गरीएको छ त्यो खवर सुनेर हामी स्तव्ध भयौं कोहिको पनी वोली फुटेन । हामीलाई हाम्रो मुटु चुडिए झै भयो हाम्रा आखावाट आँसुका दानाहरु वहे मनमा औडाहा चल्यो को को साथिहरुलाई मारे होलान खुनि दानवहरुले । त्यतीखेर हामीलाई तुरुन्तै घटनास्थल जान मन लाग्यो तर हामी शारिरीक रुपमा असमर्थ थियौ हिड्न । त्यो दिन हामी त्यहीं नजिकै वास वस्यौ र भोलीपल्ट संपर्क प्वाइन्ट तिर लाग्यौ त्यहाँ पनी करीव विस जना मात्र साथी हरु भेट भयौं र केही साथीहरु लाई लिएर क. त्रिचन्द्र घटनास्थल तिर जानु भयो म भने संपर्क मै वसिरहे । करीव दिउसोको ३ः०० वजे तिर क. प्रगतीले क. सृजनालाई लिएर आई पुग्नु भयो क.सृजना ग्रिनेड लागी सख्त घाईते हुनु भएको रहेछ । मैले डाक्टर लिन पठाँए र वहाको उपचार को वन्दोवस्त मिलाए । घटनास्थल गएका साथीहरु को वाटो कुर्दा कुर्दै रात प¥यो हामी संपर्क घरमा नै थियौ करिव ९ः०० वजे थकित र मलिन अनुहार सहित साथीहरु आई पुग्नु भयो हामीले सोध्यौ को को साथीहरु सहिद हुनु भएछ भनेर वहाँहरु केहि वेर त वोल्नै सक्नु भएन अन्तमा थाहा भयो क.हरी, क.अमर, क. लेकाली, क.मुनाल, क.विजय, क.तारा, क.वर्षा र क समुन्द्रले ठुलोगाउँ घटनामा उच्च शहादत प्राप्त गर्नु भएछ । हाम्रा दिमागमा झल्झली नाच्न थाले ति अनुहारहरु क.हरीको जुझारु र लडाकुपना, क. अमरको गंभिरता, क.लेकालीको जति सुकै थकाई र भोकलाई पनी विर्साएर हास्न वाध्य पार्ने कला र अन्य साथिहरुका हाउ भाउ र स्वभावहरु ……… । उक्त घटनावारे साथीहरु र स्थानिय जनताहरु संग वुझ्दा थाहा पाईएको घटनाको विस्तृत विवरण यस्तो थियो । विहान करिव ४ः०० वजे नै सेनाहरु ठुलोगाउँ पुगिसकेको रहेछन । त्यहीको स्थानीय सुराकिले अघिल्लो दिन वेलुकी नै हामी वसेको घर र ज्त्त हेरेर गै सकेको रहेछ भोलीपल्ट विहान उसले नै सेना ल्याएर सवै घरहरु दखाई उ आफ्नो घरमा फर्केको रहेछ त्यसपछि सेनाहरुले ज्त्त , सारिरिक व्यायाम गरेको ठाउँ र अन्य घरहरु चारैतिरवाट घेरा हालेर आक्रमण गर्दा सवै भन्दा पहिला सारिरिक व्यायाम गरिरहेको ठाउमा क. वर्षा (सृजना न्यौपाने ) लाई गोली लागेर ढल्नु भएछ । वहाँलाई उठाउने क्रममा क.मुनाल (वोध वहादुर अधिकारी) ढल्नु भएछ ।यसै क्रममा दुश्मनले हानेको ग्रिनेड लागी लक्ष्मी तामाङ (क.सृजना)घाईते हुन पुग्नु भएछ । वहाँलाई अघिल्लो दिनवाट मात्र पार्टीमा हिड्नु भएको वहिनी प्रगतीले विस्तार विस्तार वारीको कान्लाहरु उकाल्दै गोठमा पु¥याई एकपाटो सरिर वमले उडाएको अवस्थामा भोलीपल्ट संपर्कमा ल्याउनु भयो । दुश्मनको आक्रमणको थ्रि नट थ्रि द्धारा प्रतिकार गर्दै क. विजय लगायतका साथीहरु घेरा तोड्न सफल हुनुभएछ तर अफसोच त्यहाँ वाट १५ मिनेटको दुरीमा एम्वुसमा वसेको दुश्मनद्धारा क.विजय (तुलसिंह वाईवा) लाई गिरफ्तार गरी हत्या गरिएछ । भरखर मात्र त्यो भुगोलमा सरुवा भएर आउनु भएका क. समुन्द्र (शेर वहादुर तामाङ) नजिकैकोे ओढारमा लुक्नु भएकोमा दुश्मनले वहाँलाई विहान ९ः०० वजे तिर फेला पारी हत्या गरेछ । यता ज्त्त टिमलाई घेरा हालेको ठाउवाट ईलाका इन्चार्ज क. हरि (नवराज अधिकारी) ले घेरा तोडन घरको माथिल्लो तलावाट हाम फाल्नु भएछ तर दुश्मनको गोली लागी वहाँ त्यही ढल्नु भएछ । घर भित्र रहनु भएका क. अमर (वीर वहादुर वाईवा), क.लेकाली (हरी वहादुर नेपाल) र क.तारा (सुमित्रा गुरुङ)ले घर भित्रै वाट दुश्मनलाई चुनौति दिदै अन्त सम्म आत्म समर्पण नगरी रहे पछि चारै तिर वाट घेरा हाली घर भित्रको परिवारका सदस्यहरुलाई निकाली अन्तमा वहाँहरुलाई घर भित्रै गोली हत्या गर्न पुगेछन । यसरी आठ जना योद्धाको रगत वग्न पुगेछ ।यता ज्त्त टिममा रहनु भएका क. सन्देश भने छाना वाट हामफाली आगनमा आईपुग्नु भएछ । चारैतिरवाट घेरा हाली दुश्मन कराउन थालेछ आत्म समर्पण गर, आत्म समर्पण गर वहाँको साथमा कुनैपनी हतियार रहेनछ वहाँले आफ्नो साथमा रहेको संचारसेट हातमा लिएर कासन गर्नु भएछ “मारीदिन्छु” दुश्मन वम भनी डराएर सवै प्राउन पोजिसनमा गएछ र वहाँले घेरा तोड्नु भएछ । ज्त्त टिम भित्रै रहेको एकजना वहिनी भित्रवाट दौडदै वाहिर निस्कनु भएछ तर वहाँको तिघ्रामा गोली लागेछ तै पनी वहाँले घेरा तोडेर वाहिर आउनु भएछ । यसैगरी अन्य सवैै जसो साथीहरुले घेरा तोडेर संपर्कमा आउनु भयो जव सवै घटना विवरण थाहा भयो हामीमा दुश्मन प्रति अपार घृणा पैदा भयो र हामीमा आक्रोसको आँधी चल्यो र पार्टीले तत्काल निर्णय गरेर प्रतिरोधको योजना तय ग¥यो र हामीहरु वर्गवैरी प्रति घृणा ओकल्दै पार्टी योजना कार्यान्वयन मा लाग्यौ ।

आज हामी संसारमै नयाँ कार्यदिशाको विकास र प्रयोगको क्रममा छौं र यो अवधि कठिन , चुनौतीपुर्ण र सम्भावना युक्त पनी छ । हामी यो प्रयोग कै क्रममा हिजोका हत्यारा र तिनका नाइकेहरु खुंखार अपराधीहरु संगै वस्नु पर्दा ति शहिदहरु सम्झेर सहि नसक्नु भएको छ तै पनी ईतिहाँसले कसैलाई अन्याय गर्न सक्दैन । एकदिन सवै अपराधीहरु जन अदालतको कठघरामा उभिनु पर्ने छ । हामी माथीका अन्यायहरुको एक एक हिसाव नोट गर्नेछौ र क्रान्तिको मोर्चावाट वदला लिने अठोट गर्दछौं र एकदिन संसारमा साम्यवादी झण्डा फहराएरै छाड्नेछौ । सायद ठुलोगाउँ लगायतका सवै शहिदहरु प्रति सच्चा श्रद्धान्जली यही हुनेछ ।

सवै सहिदहरुको फोटो उपलव्ध छैन जो संग छ पठाएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार