काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
त्रिविले आइतवार गत असार र साउन महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने त्रिविले जनाएको छ ।













