हजार शब्द भन्दा एउटा फोटो शक्तिशालि हुन्छ – उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको भूमिका अग्रणी रहेको बताएका छन् ।

शुक्रबार भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् । उनले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुणा वढि हुने बताउदै सत्य तथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पुर्याएको योगदानको स्मरणसमेत गरे ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदाश प्रधानले सत्य र निष्ठाको अर्का नाम फोटो पत्रकारिता भएको बताए ।
त्यस्तै, नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराइले फोटो पत्रकारसंग समाज रुपान्तरण गर्ने शक्ति, सामर्थ्य र प्रभाव हुने बताए ।

नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी नेपालकै पहिलो फोटो प्रदर्शनी हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसंग सम्वन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ ।

प्रदर्शनीमा जापान, ताइवान, भारत चीन लगायतका देशमा निर्माण भएका सञ्चार उपकरण ६० कक्ष मार्फत विक्री वितरणमा राखिएका छन् ।

फोटोपत्रकार पुरस्कृत

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघको सहयोगमा राष्ट्रिय फोटोपत्रकार समुह एनएफपिजेले २०७४ साल श्रवण ५ देखि ८ गते सम्म भृकुटी मण्डपमा आयोजीत शैक्षीक मेलामा ‘भूकम्प पछिको नेपाल’ नामक फोटो प्रर्दशनी गरेको थियो । उक्त अवसरमा ४० भन्दा विढी फोटोपत्रकार तथा फोटो ग्राफरहरुको सहभागीतामा तिन दिने प्रत्यक्ष अवलोकनको आधारमा मनपर्ने फोटोलाई भोटीङ तथा फेशवुक मार्फत विजेता घोषणा गरिएको थियो ।

उक्त प्रतियोगीतात्मक प्रर्दशनीमा विजेता भएका फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई पनि उक्त कार्याक्रममा पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार