सामुदायीक सारथीको महिला उत्प्रेरणा अभियान

सामुदायीक सारथीको महिला उत्प्रेरणा अभियान


नया प्रबाह
2.4k
Shares

नवलपरासी । सामुदायीक सारथी काठमाण्डौले नेपालका १० जिल्लामा महिला वर्गलाई जिविकोपार्जन तर्फ उन्मुख गर्न प्रेरणामुखी अभियान चलाएको छ ।

देशका बिभिन्न १० जिल्लामा महिला पैरखी मैत्री अभियान, जनचेतना अभियान मार्फत समग्र महिला वर्गहरुलाई जिविकोपार्जन तर्फ उन्मुख गराउन अभियान चलाएको हो ।

मकवानपुर , नवलपरासी , वाके , कैलाली , सुनसरी , धादिङ्ग, काभ्रे र सिन्धुपालचोक लगायतका जिल्लामा यस्तो जनचेतना मुलक कार्यक्रम जारी रहेको संस्थाका कार्यकारी निर्देशक तारा प्रसाद भण्डारीले जानकारी दिए ।

संस्थाको समन्वय तथा फिनल्याण्ड बिदेश मन्त्रालय, युएन ओमनको कुल ३६ लाख आर्थिक सहयोगमा ति जिल्लाहरुमा गरिब र बिपन्न समुदायका महिलाहरुलाई लक्षित गरी जनचेतना अभियान चलाईएको छ ।

अभियान अन्तर्गत किशोर किशोरीलाई कलाकार बनाएर नायक बिद्यालय स्तरीय लघु नाटक तथा संवाद कार्यक्रम , महिला उद्यमी मेला लगायतका जनचेतना मुलक कार्यक्रम ति जिल्लाहरुमा जारी छन् ।

जस अनुसार समाजमा महिला पुरुष समान हुन , पुरुष शरह महिला बर्ग पनि अगाडी बढ्न सक्ने भन्ने जस्ता सन्देश मुलक प्रस्तुतीहरु बिभिन्न जिल्लाहरुमा चलिरहेका छन् ।

बिशेष गरी समाजमा महिला र पुरुष वरावर हुन भन्ने साथै महिलाले पनि अब एक कदम अघि बढेर जिविकोपार्जन तर्फ उन्नमुख बन्न सक्छन भन्ने उदेश्यले जनचेतना साथै सन्देश मुलक अभियान चलाईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार