ललितपुर । शैक्षिक भ्रमण गएका ललितपुरको एक बिद्यालयका बिद्यार्थी बेपत्ता भएका छन् ।
बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाडामा रहेको भट्टेडाँडा आधारभुत विद्यालयमा कक्षा ५ मा पढ्ने ११ वर्षका बुद्धराज थिङ वेपत्ता भएका हुन् । शुक्रबार शिक्षकसहित शैक्षिक भ्रमणका लागि हिडेका थिङ काठमाडौंको स्वयम्भु पुगेपछि हराएको विद्यालयका प्रधानाध्यापक सीताराम चौरेलले पुष्टि गरे ।
शुक्रबार विहान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी,शिक्षक र विद्यार्थी सहित ६० जना काठमाडौंको स्वयम्भु भ्रमणमा निश्किएका थिए । तर, भ्रमणकै क्रममा थिङ भने हराएको चौरेलले बताए ।
बालक हराउने वित्तिकैप्रहरीलाई खबर गरेको तर,अहिलेसम्म कुनै जानकारी नआएको उनले बताए । उता उपत्यकामा साँझदेखि चट्याङ सहितको वर्षा भएकाले खोजी कार्य प्रभावित भएको छ ।
दैनिकी न्युज













