उत्तम बिक दुबई, गैरआवासीय संघ मध्यपुर्ब समन्वय समितिको छैटौं भेला आगमी अगष्ट २५ र २६ गत्ते दुई दिन युएईमा हुने भएको छ ।
मध्यपुर्बका देशहरुमा रहेका बिस लाख नेपाली मजदुरहरुको समस्याहरुलाई कसरी समधान गर्न सकिन्छ त्यस्को लागि एनआरएन मध्यपुर्ब समितिले कस्तो खालको भुमिका खेल्नु पर्छ भन्ने बिषयहरुमा छलफल गरि निस्कर्षमा पुग्ने उद्धेश्य सहित उक्त भेला हुन लागेको एनआरएनए मध्यपुर्ब संयोजक आर. के. शर्माले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका थिए ।
युएईको दुबई स्थित सिल्भरस्पुन होटलको हलमा सम्पन्न भएको पत्रकार सम्मेलनमा गैरआवासीय संघ आईसिसी सचिब डि.बि. क्षेत्री, आईसिसी सदस्य, मनोज गोर्खाली, एनआरएन मध्यपुर्ब संयोजक आर. के. शर्मा उपसम्योजक गोपाल कडेल, नेपाली समाज युएईका अध्यक्ष सि.पि.सापकोटा, पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल, बिजनेश काउन्सिलका कोषाध्यक्ष योगेन्द्र थापा लगायतका थुप्रै ब्यक्तिहरुको उपस्तिथि रहेको थियो ।
मध्यपुर्बका १२ वटा देशहरुबाट सहभागी रहने उक्त सम्मेलन युएईको दुबई अन्तर्गत दुबईमल स्थित रोडा होटलमा हुने आयोजकले जानकारी दिएका छन् । युएई लगायत कतार, साउदी अरेबिया, कुवेत, बहराईन, ओमन, इराक, ईजिप्ट लगायत मध्यपुर्बका १३ देशबाट प्रतिनिधित्व हुने उक्त सम्मेलनमा नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री सहित अन्य मन्त्रालयका दुई सचिबको समेत उपस्थिति रहने मध्यपुर्ब समन्वय समितिका उपसंयोजक गोपाल कडेलले जानकारी दिएका छन ।













