उत्तम बिक दुबई,
नेपाल मगर संघ शाखा युएई अन्तर्गत दुबई क्षेत्रीय समितिको आयोजनामा कालजयी स्वरका धनी स्व. अरुण थापा मगरको १९ औं स्मृति दिवस विविध सांगीतिक साँझको आयोजना गरि दुबई स्थित पर्ल क्रीक होटलको सभा हलमा गत २७ जुलाईका दिन सम्पन्न भएको छ ।
दुबई क्षेत्रीय समितिका सचीव होम रजाली मगरको संचालनमा रहेको कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ शाखा , युएई अन्तरगत दुबई क्षेत्रीय समितिका अध्यक्ष श्रीमती सीता रजाली मगरले गरेकि थिइन् ।
आफ्नो मगर सामुदायको हरपल साथ र सहयोग पाइरहदा। आफू सधै आफ्नै जन्म भुमिमा नै बसेको जस्तो महशुश भएको कुरा व्यक्त गरे।
प्रमुख अतिथि नेपाल मगर संघ शाखा, युएईका उप संरक्षक अशोक रम्जाली मगरले गरेका थिए । प्रमुख अतिथि मगरले अस्वस्थताका बाबजुद पनि स्वर्गीय अरुण थापा मगरले नेपाली संगीत उद्योगलाई पुर्याउनु भएको योगदानको बारेमा प्रष्ट्याएका थिए ।
त्यस्तै कार्यक्रमका बिशेश अतिथि नेपाल मगर संघ शाखा, युएईका अध्यक्ष टंक थापा मगर र नेपाल मगर संघ शाखा, युएईका सल्लाहकार सदस्य खुम आले मगरले स्वर्गीय अरुण थापा मगरको अत्यन्तै मार्मिक र दुखद जीवनि को बारेमा प्रष्ट्याएका थिए ।
अतिथि नेपाल प्रेस सेन्टर शाखा युएईका अध्यक्ष अनिष तामाङले मुल वासी, आदिवासी र जनजातिहरुको नाममा केही राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि राजनीतिक मुद्दा बनाएर विभिन्न राजनीतिक सुत्र धारका आदिवासी जनजाति हरु बीच फुटको संघारमा पुर्याएको बताउदै राजनीति का नाममा जनजातिका केही नेताहरूले उग्र अभिव्यक्ति दिएकै कारणले शासक वर्गहरुले लामो समय देखि आदिवासी जनजातिका मुद्दाहरू ओझेलमा पारेको बताए।
शुभकामना मन्तव्य कै क्रममा अर्का आमन्त्रित अतिथि काभ्रे सेवा समाज ,युएईका अध्यक्ष एवं प्रदेश नम्बर ३ का सल्लाहकार सदस्य दिल लामाले आफू सानैदेखि स्वर्गीय अरुण थापाका मर्म स्पर्शी र सदावहार गीत हरु सुन्दै आएको र अझैसम्म पनि वहाँका गीतहरु खोजीखोजी सुन्ने गरेको बताए । साथै यसरी नै हरेक वर्ष स्वर्गीय गायक अरुण थापा मगरको स्मृति दिवस राज्यको तर्फबाट पनि मनाउनु पर्ने भनाई राखेका थिए ।
निकै भब्य रुपमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सित्तल थापा मगरले दिएका थिए भने अतिथि तथा दर्शक हरुको सत्कार तारा रास्कोटी मगर र गीता थापा मगरले गरेका थिए। अनौपचारिक कार्यक्रममा स्वर्गीय गायक अरुण थापा मगरको कर्ण प्रीय गीत जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लाग्दा, मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो बोलको गीत गाएर कलाकार डिबि समर्पण मगरले कार्यक्रम शुरूवात गरेका थिए ।
विविध सांगीतिक कार्यक्रममा बिशेश गरि मगर सामुदायको मौलिक नृत्यहरु सालैजो, कौडा र सोरठी नृत्यमा दर्शक हरु झुमेर नाचेका थिए । त्यसैगरी स्थानीय कलाकारहरूले विभिन्न आधुनिक गीत र चलचित्रका गीतहरु को नृत्यमा पनि उत्तिकै दर्शकदिर्घा लाई मनोरञ्जन दिएका थिए । कार्यक्रम संयोजन दुबई क्षेत्रीय समितिका उपाध्यक्ष बिष्णु घर्ती मगरले गरेको नेपाल मगर संघ शाखा युएईका केन्द्रीय सदस्य तथा सर्लाही सेवा समाज युएईका अध्यक्ष फलेन्द्र बलाम्पाकी मगरले बताए ।













