कुबेत,भदौ ४ ।रोजगारीका लागि कुबेत पुगेका स्याङ्जाका दिपक परियारको आइतबार मृत्यु भएको छ।
काम सकेर खाना खाएर सुतेका दिपक बिहान नउठे पछी साथीहरुले खोजी गर्दा उनी सुतेकै ठाउँमा मृत भेटिएपछि उनका साथीहरूले कुबेत प्रहरीलाई खबर गरि घटनाको जानकारी गराएका थिए।
कुवेतको अलेनम रियल स्टेट कम्पनीमा सन २०१६ देखी सेक्यूरिटी काम गर्दै आएका दिपक कम्पनीकै आबास गृह कुवेतको आबुहलिफामा नेपाली साथीहरु संगै बस्दै आएका थिए ।
कोठाका साथीहरुको रातिको काम भएका कारण डिउटि सकेर खाना खाएर एक्लै कोठामा सुतेका दिपक सुतेकै ठाउमा बिहान मृत फेला परेका उनका सहकर्मीले जानकारी दिएका छन।
घटना बारे प्रारम्भिक जानकारी आए पनि अन्य अनुसन्धान र मृत्यु हुनाको कारण सहितको डक्टर रिपोर्ट आउन बाँकी रहेको दुताबास स्रोतले जानकारी दिएको छ।मृतकको शबलाई कुवेतको फर्वानिया अस्पातल पुर्याइएको छ भने कम्पनी र दुताबासले गर्नु पर्ने अन्य कानुनी प्रकृयाहरु शुरु गरिएको छ।
कुवेतमा दिपक सहित यो अगस्ट महिनामा १५ दिन भित्र ४ जना नेपालीहरुको मृत्यु भएको छ।बिशेष गरी अत्याधिक गर्मी र खानपिनमा राम्रो ख्याल नगर्नाले धेरै जसो नेपालीहरु हृदयघातको सिकार हुने गरेको तथ्याङले देखाउछ।













