उत्तेजक अन्तर्वार्ता लिने युटुब च्यानलका संचालक पक्राउ

काठमाडौँ । विवादास्पद मोडल परी तामाङलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा उनी पक्राउ परेकी हुन् ।

महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि पक्राउ गरेको छ ।

परिसरका अनुसार उनीहरुलाई साइबार अपराध कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

सर्वसाधारणबाट व्यापक जनगुनासो आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार