काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा चलचित्र ‘मन्द–मन्द’ निर्माण हुने भएको छ । चलचित्र सस्पेन्स कथामा निर्माण हुन् लागेको हो ।
रुद्राक्ष फिल्मसको ब्यानरमा निर्माण हुन् लागेको चलचित्रको बैशाख तेश्रो साताबाट छायांकन सुरु हुने निर्देशक सानेले बताए ।
राजबहादुर सानेको लेखन र निर्देशनमा निर्माण हुने चलचित्रमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुवान्धित भइसकेका छन् भने केही कलाकार छनौट कार्य भैरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
रुद्र खनाल कार्यकारी निर्माता रहेको चलचित्रको टेकराज रेग्मी र कमल गिरीले निर्माण गर्न लागेका हुन् ।
चलचित्रको काठमाडौ, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुका बिभिन्न स्थानमा छायांकन गरिने निर्देशक सानेले बताए ।
चलचित्रको छायांकन दिब्यराज सुबेदीले गर्नेछन् भने गीतको कोरियोग्राफर रामजी लामीछानेले गर्ने छन् ।
‘मन्द–मन्द’ मा नेपाली समाजका बिद्यमान बेथितिको बिषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिने निर्देशक साने बताउछन् ।













