रसुवा । रसुवाली गायिका प्रविना आचार्यको ‘राजा रानी’ बजारमा आएको छ । गायिका आचार्यसंगै गायक मदन ढकालको आवाजमा सजिएको लोकदोहोरी ‘राजा रानी’को भिडियो बजारमा आएको हो ।
गीतमा अर्जुना थापाको शब्द तथा गणेश राना र विष्णु शर्माको संगीत रहेको छ । गीतमा मायाप्रेमको विषयलाई सिर्जनात्मक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।
म्युजिक भिडियोको निर्देशन अर्जुन थापा मगरले गरेका हुन् ।
भिडियोको छायाँकन मरुभुमी नारायणले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका हुन् ।
भिडियोमा मदन र प्रविनाको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो
https://www.youtube.com/watch?v=cVysiQh-5sk&feature=player_embedded













