भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिति आउने प्रधानमन्त्री खानको चेतावनी

भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिति आउने प्रधानमन्त्री खानको चेतावनी


नया प्रबाह
3.5k
Shares

काठमाड । भारत र पाकिस्तानबीच युद्ध भए भयावह स्थिती सिर्जना हुने चेतावनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिएका छन् ।

‘५६ औं कन्भेन्सन अफ इस्लामिक सोसाइटी अफ नर्थ अमेरिका (आईएसएनए)लाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले दुई आणविक शक्ति मुलुकबीच युद्धको अवस्था सिर्जना भए त्यो भयावह हुने बताए ।

भारतले कश्मीर लिएको नयाँ कदमको विरोध गर्दै खानले यो मुद्दामा अन्तर्राष्ट्रिय समुदायले हेर्नुपर्नेमा जोड दिए ।

‘यदि दुई परमाणु शक्ति सम्पन्न देशबीच युद्ध भयो भने यो सानो युद्ध हुने छैन । मैले मुस्लिम देशका शासकसँग कुराकानी गरेका छु । मलाई थाहा छ कि भारतमा केही मानिसहरु अझै पनि नेहरु र गान्धीको विचारधारमा विश्वास गर्छन् । तर मोदी प्रधानमन्त्री बनेपछि स्थिती बदलिएको छ । मलाई आशा छ कि अन्तर्राष्ट्रिय समुदायले कश्मीरलाई लिएर आफ्नो भूमिका निर्वाह गर्नेछन् ।’

प्रधानमन्त्री खानले धर्म र आतंकवादबीच कुनै सम्बन्ध नहुने पनि बताए । इस्लाम धर्मले शान्ति सिकाउने भन्दै उनले कुनै एक व्यक्तिको अपराधका लागि पुरै समुदायलाई बदनाम गर्न नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार