आज प्रतिनिधि सभामा प्रचण्डको सम्बोधन

आज प्रतिनिधि सभामा प्रचण्डको सम्बोधन


नया प्रबाह
2.7k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

 

प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ ।

 

असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा.प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ, साे दिन अनिवार्य उपस्थित हुनुहाेला’ भन्ने सन्देश माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सांसदहरूलाई पठाएका हुन् ।

 

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार