क्रिकेटर कोहली परे कारवाहीमा

खेल भावना विपरित व्यवहार गरेको भन्दै भारतीय कप्तान विराट कोहलीलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले कारवाही गरेको छ।

भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्टको तेस्रो दिन अन्तिम सत्रमा सोमबार पानी परेपछि पुनः सुरु भएको खेल खेलाउँदा बल भिजेको भन्दै कोहलीले अम्पायर माइकल गाउफलाई गुनासो गरेका थिए। 

सो क्रममा आक्रमक रुपमा प्रस्तुत हुँदै बल भुईमा पछारेपछि खेल भावना विपरित व्यवहार गरेको भन्दै कोहलीलाई म्याच फिसको २५ प्रतिशत तिर्नुपर्ने गरि कारवाही गरिएको अंतराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जनाएको छ। तेस्तै उनको एक अंक पनि घटुवा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार