काठमाडौँ । गायक सञ्जय पाण्डेको स्वरमा रहेको ‘तिमी विना निरश’ बोलको गीत सार्वजनिक भएको छ । संगीतमा स्नातकोत्तर गरेका गायक पाण्डे संगीतका साधक हुन् । नेपाली संगीत क्षेत्रमा केहि गर्ने प्रणका साथ उनी निरन्तर संगीत साधनामा लागेका छन् ।
उनै कुशल गायक पाण्डेको संगीत रहेको यस गीतमा योगन्द्र उपाध्यायको शब्द सृजना रहेको छ । भविष्यमा कुशल गायक तथा संगीतकार बन्ने दृढ संकल्प रहेको उनले बताए ।
यसअघि उनले केहि गीतहरुमा आफ्नो स्वर भरिसकेका छन् ।
भिडियो













