काठमाडौं । चर्चित गीत उध्रेको चोलीमा आइटम नृत्य गरेर रातारात चर्चा कमाएकी अभिनेत्री सुष्मा कार्की फेरि अर्को आइटम गीतमा देखिएकी छन् ।
चलचित्र ‘अदालत’को ‘तीन पाने’ बोलको आइटम गीतमा सुस्मालाई हट अवतारमा देख्न सकिन्छ ।
दिनेश लिङ्देनको लेखन, यदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर तथा रोशन वान्तवा राईको संगीत रहेको गीतमा दिनेश पाख्रिनले कोरियोग्राफी गरेका छन् ।
चलचित्रमा समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनालाई देखाइएको निर्माण पक्षले बताएको छ ।
फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म फागुन २४ गतेबाट रिलिज हुँदैछ ।













