काठमाडौँ । गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई काउन्टर दिने गरि गायक झंकार बुढाले ‘लुट्न हुन्न देश कान्छा लुट्न देश’ बोलको गीत सार्वजनिक गरेका छन् ।
केहि महिना अगाडी मात्रै सार्वजनिक भएको गायक पशुपति शर्माको उक्त गीत निकै बिवादित बनेको थियो । शर्माको गीतले चौतर्फी निराशा छरेको भन्दै आलोचना भैरहेको बेला गायक बुढाले भने देश लुट्न हुन्न भन्ने संदेश दिँदै गीत गाएका हुन् । उनको गीतमा भनिएको छ, ‘आफ्नै देश लुटे पछि के हुन्छ र शान, लुट्न हुन्न देश कान्छा लुट्न देश, देश लुटी खाको पैसा हुन्न कहिल्यै बेश ।’
उनको गीतले सबै नेपालीलाई एकजुट हुन आब्हान गरेको छ । देश लुट्नेहरुलाई बेलैमा पहिचान गरि भ्रष्टचाररहित मुलुकको परिकल्पना उनको गीतले गरेको छ । एकता र राष्ट्रियताको संदेश दिने खालको उनको गीतलाई चौतर्फी रुचाइएको छ ।
हेर्नुस् भिडियो













