क्यान्सरबाट बच्ने यी १० उपाय

क्यान्सर एउटा निकै भयानक रोग हो । यस रोगको कारण वर्षेनी लाखौ मानिसहरुको ज्यान जाने गर्छ । अहिलेको समयसम्म पनि यस रोगको औषधी पत्ता लगाउन नसकिएकाले यस रोगलाई डरलाग्दो रोग भनिएको हो । यस रोग लगेपछि बिरामीको साथसाथै घरका अन्य सदस्यलाई पनि असर पर्ने गर्छ । यस रोगको उपचार खर्च पनि निकै महँगो भएकाले सामान्य परिवारका सदस्यले यसको उपचार गराउन सक्दैनन् । यस रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय सावधानी अपनाउनु हो । यदि हामीले सुरुबाट नै क्यान्सरबाट बच्नको लागी खानामा वा विभिन्न कार्यहरुमा ध्यान दियौं भने पछि गएर पछुताउनु पर्दैन ।

यस्ता छन् क्यान्सर लाग्नबाट बच्ने उपायहरु

१) सूर्तिजन्य पदार्थ सेवन नगर्ने : क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्यपदार्थ हो । यसले फोक्सो र मुखको क्यान्सर मात्रै गराउदैन सूर्तिजन्य पदार्थमा भएका ४ हजार बढी हानिकारक रसायनमध्ये ४० वटा बढी शीरदेखी पाउसम्मको सबै क्यान्सर बनाउने रसायन हुन्छ । त्यसैले यसको सेवन गर्नुहुदैन ।

२) बासी सडेगलेको डुसी खाना नखाने : कतिपयले बासी तथा सडेगलेको खानेकुरा तताएर वा ढुसीफालेर खाने गरेको देखिन्छ, तर त्यहि खाना क्यान्सर रोगको कारक बन्न सक्छ । यस्ता खानामा क्यान्सर गराउने तत्व ‘एङ्खलाटोक्सिन’ पाइन्छ । यसले सजिलै क्यान्सर उत्पत्ती गराउछ । त्यसैले यस्तो खाना खानु हुदैन ।

३) मदिरापान नगर्ने : मदिरापानको अत्यधिक सेवनले पनि क्यान्सर हुनसक्छ । अत्यधिक पदिरापान गर्ने व्यक्तिलाई खासगरी पाचनप्रणाली, कलेजो, ठूलो आन्द्रा र कोलोरेक्टल, स्तन, गुदद्धार लगायतमा क्यान्सर हुने गर्छ ।

४) खानपानमा ध्यान पुयाउने : खाद्यपदार्थमा मिसाएका किटनासक औषधि र रसायनीक मल, विसादी हालिएका तरकारी – फलफुल तथा खाद्य पदार्थको प्रयोगले मुख, आमासय, अन्ननली आदिको क्यान्सर लाग्ने गर्छ । पालिस लगाएका चामल, औषधि हालेर पकाएका फलफुलको सेवन पनि क्यान्सर रोगका कारक बन्न सक्छन् ।

५) रातो मासु कम खाने : रातो मासु क्यान्सर रोगको लागि अनुकुल बन्न जान्छ । त्यसैले रातो मासु सकेसम्म नखाने । खानैपरे वोइल गरेर खाने । मासु खाने नै भए कुखुरा र माछा ठिक हुन्छ । अब चाड पर्ब लाग्यो मासुको सेकुवा बनाएर खानेचलन छ । त्यसरी पोलेको मासुले क्यान्सर रोगका लागिअनुकुल अवस्था बनाउछ ।

६) दैनिक ४५ मिनेट व्यायम : क्यान्सरलाई मात्रै होइन, व्यायम शरीरमा लाग्न सक्ने सबैखाले नसर्ने रोगका लागि प्रमुख अस्त्र हो । त्यसैले दैनिक कम्तीमा ४५ मिनेट व्यायम गरि पसिना निकाल्ने । व्यायमले तौल घटदा मोटोपनाबाट देखिनसक्ने क्यान्सर सहितका अन्य नसर्ने रोगहरु भाग्छ ।

७) धुलो धुवाबाट जोगिने : क्यान्सर लाग्ने कारणमध्ये धुलोधुवा र प्रदुतिश बाताबरण पनि हो । यस्तो वातावरण बेन्जाइन, आर्सेनिक, क्याडमिउम जस्ता हानिकारक तत्वहरु भेटिन्छ । जसबाट यसले फोक्सो, घाटी तथा अन्य महत्वपूर्ण अंगको क्यान्सर हुन सक्छ ।

८) चर्कोघाममा नबस्ने : लामो समय चर्कोघाममा बस्दा पनि सूर्यबाट आउने विकिरणले छालाको क्यान्सर गराउन सक्छ । त्यसैले लामो समय चर्कोघाममा बस्नु हुदैन । यदि बस्नै परे छाता ओडेर वा छालालाई कपडाले छोपेर बस्नु पर्छ । यसले विकिरण सिधै छालामा प्रवेश गर्न सक्दैन ।

९) पाठेघरको जाच गर्ने : विवाहित महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएकोले विवाहित महिलाले प्रत्येक दुई दुई बर्षमा पाठेघरको श्राव परीक्षण गर्नुपर्छ । यसपरीक्षणबाट क्यान्सर लाग्नु भन्दा पूर्वको अवस्था थाह पाएर उपचार गरेमा क्यान्सर हुन पाउदैन ।

१०) मौसम अनुसारको फलफुल खाने : मौसम अनुसारको ताजा हरियो सागपात बन्दाकोबी, फर्सी , ब्रोकाउली र फलफुलहरु नियमित खाने । तर बेमौसमी तरकारी तथा फलफुलमा रसायनिक पदार्थ बढी प्रयोग हुने भएकोले सकेसमम नखाने गर्नु राम्रो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार