यस्तो थियो राजिवलाई एक करोड जिताउने प्रश्न

काठमाण्डौ । एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् ।

शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । यो संगै ‘को बन्छ करोडपति’मा १ करोड जित्ने उनी पहिलो सहभागी समेत बनेका छन् ।

यस्तो थियो उनलाई एक करोड रुपैयाँका लागि सोधिएको प्रश्न :

२००७ सालको प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? उनका लागि चार वटा अप्सन यस्ता थिए, अप्सन ए- २०१४ माघ १९, अप्सन बी- २०१४ फागुन ७, अप्सन सी-२०१४ मसिंर २, अप्सन डी-२०१४ पुस २५ ।

उनले २०१४ माघ १९ गते उत्तर दिएर १ करोड जितेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार