श्रीमानलाई खुशी बनाउन चाहानुहुन्छ ? (यस्ता छन् टिप्स)

प्रेम जति नै गहिरो किन नहोस् कुनै पनि जोडी हरबखत प्रेममा डुबेर बस्दैनन् । उनीहरुलाई आफ्नो जिम्मवारी पनि निभाउनु पर्ने हुन्छ । आफ्नो काम पनि गर्नुपर्ने हुन्छ । जिन्दगीको उतारचढाव सहनुपर्छ । यस्तो परिस्थितिमा श्रीमान–श्रीमतीसँगै भएर पनि प्रेम महसुस गर्दैनन् । सँगै भएर पनि टाढा हुन्छन् ।

यदि आफ्नो सम्बन्धमा खुशी हुन चाहनुहुन्छ भने केहि साधारण कुरामा पनि आफ्नो बैवाहिक सम्बन्धको खुशी र प्रेमले भरिपुर्ण बनाएर राख्न सक्नुहुन्छ ।

बैवाहिक सम्बन्धलाई स्वस्थ, खुशि र सुखी बनाउन धेरै प्रयत्न पनि गर्नु पर्दैन । बस स–सानो कुरामा ध्यान दिए पुग्छ । थोरै कोसिस गरेमा तपाईको बैवाहिक सम्बन्ध सुमधुर रहन्छ ।

श्रीमानलाई खुशी बनाउन के गर्ने के नगर्ने :

१) श्रीमानलाई माया गरेर बोलाउने ।
२) श्रीमानको घरको नराम्रो कुरा नगर्ने ।
३) अन्य पुरुषसँग तुलना नगर्ने ।
४) श्रीमानको प्रशंसा गर्न नबिर्सने ।
५) बाहिर जाँदा कँहा जान लागेको भनेर जानकारी दिने ।
६) आफु जति नै व्यस्त भए पनि फोन गर्न नर्बिसने ।
७)  मिठो खाना पकाउने कोशिस गर्ने र प्रशंसा गर्न नबिर्सने ।
८) बिगतको कुरा पटक पटक दोहोयाएर तनाव नदिने ।
९।) हरेक काम गर्दा एक अर्कामा सल्लाह गरेर मात्र निर्णय लिने ।
१०) श्रीमानलाई सम्मान गर्ने ।
११) सबैकुरा श्रीमानलाई सुनाउने कुनै कुरा नढाट्ने ।
१२) बिहान बेलुका समय निस्कने वित्तिकै सुख दुःखको कुरा गर्ने ।
१३) सत्य बोल्ने, नर्झकने ।
१४)  समय मिलाएर घुम्न जाने ।
१५) अफिसबाट आउने वित्तिकै काम अहाउने र कराउने नगर्ने ।
१६) श्रीमानकोे साथीहरुको सम्मान गर्ने । परिवार साथीहरुमाझ श्रीमानको प्रशंसा गर्ने । नराम्रो कुुरा नगर्ने ।
१७) कहिलेकाही श्रीमानलाई सरप्राइज दिने ।
१८) कतै हिड्ने बेलामा श्रीमानको पहिरनको बारेमा टिकाटिप्पणी नगर्ने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार