सहिद स्मारक लिग फुटबल खेल्दै रसुवाको सुन्धारा क्लव

रसुवा । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको छनोट खेलका लागि रसुवाको सुन्धारा युवा क्लवले सहभागिता जनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन् लागेको प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोवाटोमा हुने छन् ।

राष्ट्रिय स्तरको कुनै पनि प्रतियोगितामा पहिलो पटक सहभागी हुन् लागेको सुन्धाराले आफ्नो पहिलो खेल जेठ १५ गते गोरखा युनाइटेडका विरुद्ध खेल्नेछ । त्यस्तै दोस्रो खेल जेठ १७ गते एफसी विजय युथ क्लवसंग खेल्ने छ ।

प्रतियोगितामा सहभागी हुने क्लवको निर्णयबारे संचार माध्यमलाई जानकारी गराउदै क्लवका नवराज लामिछानेले अहिले खेलाडी छनौटको र तयारीका अन्य काम भैरहेको बताए । उनले रसुवामा रहेका उत्कृष्ट खेलाडीलाई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागि हुने यो राम्रो अवसर हुनसक्ने भन्दै इच्छुक खेलाडीले आवश्यक सर्त पुरा गरी क्लवमा नाम दर्ता गर्न सक्ने जानकारी दिए ।

जिल्लाको प्रतिष्ठासंग समेत जोडिएको यस प्रतियोगितामा खेलाडीहरुलाई हौसला बढाउन काठमाडौँमा रहेका रसुवालीलाई मैदानमा आएर खेल हेर्नका लागि क्लवले अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार