कसले जित्ला एकदिवसीय विश्वकप ? हेर्नुस् के भन्छन् रिकी पोंटिंग

काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेट आउन केहि दिन मात्रै बाँकी हुँदा क्रिकेट पण्डितहरु विश्वकपको नतिजाबारे आ-आफ्ना धारणा व्यक्त गरिरहेका छन् ।

आगामी मे ३० तारिकबाट इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा आयोजक इंग्ल्याण्डसहित भारत, पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रीका, वेस्ट इन्डिज, बंगलादेश र अफगानिस्तान गरि १० टोलि सहभागी हुँदैछन् ।

यसै सन्दर्भमा अस्ट्रेलियालाई २ पटक विश्वकप उपाधि दिलाएका कप्तान रिकी पोंटिंगले विश्वकप अघि आफ्नो धारणा व्यक्त गर्दै आयोजक इंग्ल्याण्डलाई उपाधिको दावेदार मानेका छन् ।

इंग्ल्याण्डलाई विश्वकपको दावेदार मान्नुको पछाडी पोंटिंगले उसको वर्तमान उत्कृस्ट फर्म र घरेलु मैदानको फाइदालाई मानेका छन् ।

“२ कारणले इंग्ल्याण्ड दावेदार टिम हो । इंग्ल्याण्डले सिमित ओभरको क्रिकेट उत्कृस्ट खेल्न थालेको छ र झन् यो पटक आफ्नै धर्तिमा विश्वकप आयोजना हुँदैछ । प्राकृतिक रुपमा उनीहरुसंग होम एडभान्टेज हुनेछ”, पोंटिंगले टाइम्स अफ इन्डियासंगको कुराकानीमा बताएका छन् ।

इंग्ल्याण्डलाई उपाधि दावेदार मान्दै गर्दा पोंटिंगले भारत र अस्ट्रेलियाले इंग्ल्याण्डको उपाधि जित्ने बाटो मुस्किलो बनाउने बताए । “तर इंग्ल्याण्डलाई भारत र अस्ट्रेलियाले च्यालेन्ज गर्नेछ ।”

‘विश्वकपमा इंग्ल्याण्ड नम्बर-१ एकदिवसीय टिमको रुपमा सहभागी हुँदैछ । भर्खरै पाकिस्तानलाई ४-० ले पराजित गरिसकेको छ र उसका ब्याट्सम्यानहरुले लगातार ३४० माथिको योगफल तयार गरिरहेका छन् ।’ पोंटिंगले भनेका छन् ।

विश्वकपको फर्म्याटले सबै देशहरुलाई उपधि जित्ने बराबरी मौका दिएको र दक्षिण अफ्रीका, पाकिस्तान, वेस्ट इन्डिज जस्ता टिमले उत्कृस्ट टिमहरुको पार्टी बर्बाद गर्न सक्ने पोंटिंगले बताए ।  उनले भने, “उनीहरु पनि राम्रो छन्, त्यसैले यो विश्वकप सबै टिमको लागि खुला रहेको छ । इंग्ल्याण्ड स्पस्टरुपमा प्रिय टिम हो तर अरु टिम पनि छन् जसले अस्चार्यजनक नतिजा ल्याउन सक्छन् ।”

२०१५ विश्वकप उपाधि जितेको अस्ट्रेलियाकोबारेमा बोल्दै उनले आरोन फिन्च कप्तानीको टिमलाई कमजोर आक्न नहुने बताउदै स्टिभ स्मिथ र डेभिड वार्नरको आगमनले टिम झनै बलियो भएको दावी गरेका छन् ।

‘२ क्रिकेटर (स्मिथ र वार्नर) टिममा फर्किनुले अस्ट्रेलियाको विश्वकप जित्ने सम्भावना अझ बलियो भएको छ । उनीहरु नहुँदा अस्ट्रेलियाले राम्रो पर्दर्शन गर्न सकेन । म विश्वस्त छु, म मात्रै हैन, सम्पूर्ण टिमनै उनीहरु फर्किदा उत्साहित छन् ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार