सीपीएल खेल्न छानिए सन्दीप : पाए अहिलेसम्मकै ठूलो मूल्य

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) टि-२० को अक्सनमा महँगो मूल्यमा बिक्रि भएका छन् ।

प्रतियोगिताको लागि खेलाडी छनौट गर्न इंग्ल्याण्डमा जारी ड्राफ्टमार्फत सन्दिपलाई बार्बाडोस ट्रिडेन्टसले टिममा लिएको हो । सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो ।

यो सिजन सन्दिपलाई बार्बाडोसले ठूलो मूल्यमा टिममा लिएको छ । अघिल्लो सिजन ५ हजार डलरमा बिक्रि भएका सन्दीप यसपटक ७० हजार डलरमा बिक्रि भएका छन् । सीपीएल ड्राफ्ट अन्तर्ग सन्दिप पाँचौ चरणमा छानिएका हुन् । सीपीएल ड्राफ्टमा कुल ५३६ जना खेलाडीहरु रहेका छन् ।

सन्दिपले खेलेको विश्वभरको लिगमा अधिकारिक रुपमा घोषणा भएकोमध्ये उनले पाएको यो सबैभन्दा धेरै मूल्य हो । बिग ब्यास लिगमा सन्दिपले ६०/७० हजार डलरको हाराहारीमा पाएको बताईए पनि अधिकारिक रुपमा भने मूल्य बाहिर आएको थिएन ।

इन्डियन प्रिमियर लिगमा सन्दिप गत सिजन २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका सन्दीप गत सिजन क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलरमा बिक्रि भएका थिए । उनले ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलर पाएका थिए । यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार