रसुवा । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको छनोट खेलमा रसुवाको सुन्धरा युथ क्लब बिजयी भएको छ । छनोट अन्तर्गत आइतबार भएको खेलमा सुन्धाराले बिजय युथ क्लब मकवानपुरलाई ३–१ गोल पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सुन्धाराले एक आत्मघाती गोल गरेको थियो । छनोट खेलमा ३८ क्लब सहभागि छन् । जितसंगै सुन्धाराको छनोट सम्भावना बढेको छ ।
एन्फाले आयोजना गर्ने तीन श्रेणीको लिगमध्ये सबैभन्दा तल्लो तहको लिग सी डिभिजनका लागि टोली छनोट गर्न एन्फाले सी डिभिजन क्वालिफायर आयोजना गरेको हो ।
छनोट खेल मंगलबारदेखि सुरु भएको हो ।













