सहिद स्मारक लिग : सुन्धारा क्लव फाइनलमा

रसुवा । रसुवाको सुन्धारा युवा कल्व सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवलको छनोट नजिक पुगेको छ । राजधानीमा जारी छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा छेबहाल युवा कल्व, ललितपुरलाई १-० गोलले पराजित गर्दै सुन्धारा छनोट सम्भावनाको नजिक पुगेको हो ।

निकै नै प्रतिष्पर्धात्मक तथा रोमाञ्चक खेलमा सुन्धाराले पेनाल्टीमार्फत गोल गर्दै छेबहाललाई स्तब्ध बनाएको हो । पहिलो हाफको अन्तिम मिनेटमा कर्नर क्लिएर गर्ने क्रममा छेबहालका खेलाडीले ह्याण्ड गरेपछि पाएको पेनाल्टी गोल नै सुन्धाराको जितको आधार बन्यो । दोस्रो हाफमा दुवै टिमले कुनै गोल गर्न सकेनन् । सुन्धाराका कप्तान सुदिप ढकालले पेनाल्टी प्रहार गरेका थिए ।

जितसंगै सुन्धारा समूह ‘बी’ को फाइनलमा पुगेको छ । सोमबार नै भएको समूह ‘बी’ को पहिलो खेलमा चर्च बोइज युनाईटेडले च्याम्पियन बोइज सेतीओपीलाइ पराजित गर्दै समूह विजेताका लागि फाइनलमा स्थान पक्का गरेको थियो  । बुधबार हुने सुन्धारा र चर्चबीचको खेलको विजेता टिम प्रतियोगिताको फाइनलमा पुग्नुका साथै ‘सी’ डिभिजन लिगमा बढुवा पनि हुनेछ ।

३८ टोलि सहभागी छनोट प्रतियोगितामा दोस्रो चरणका लागि छनोट भएका १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेलाइएको हो । प्रत्येक  समूहमा ४ टोली सहभागी छन् । हरेक समूहबाट विजेता टिम ‘सी’ डिभिजन लिगमा बढुवा हुनेछ ।

लिग कप नकआउटमा खेलाईने प्रतियोगिताको उत्कुष्ट तीन क्लब ‘सी’ डिभिजनमा बढुवा हुनेछन् ।

एन्फाले आयोजना गर्ने तीन श्रेणीको लिगमध्ये सबैभन्दा तल्लो तहको लिग ‘सी’ डिभिजनका लागि टोली छनोट गर्न एन्फाले क्वालिफायर आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार