बाँकी छ यो सम्झना

बाँकी छ यो सम्झना


नया प्रबाह
3.8k
Shares

कविता – बाँकी छ यो सम्झना

 

फुल्थ्यो फूल बगानमा रहरिलो बास्ना हवामा छरी ।

हाँस्थ्यौ पुष्पक प्रेमले वरिपरी आऊ भने झैँ गरी ।।

आत्माले प्रेम चुम्दथ्यो प्रकृतिमा स्वयं म बन्दा धरा ।

माया खोज्दथ्यो प्रेमीको हृदयले प्यूँदै सुधाको सुरा ।।१

 

आँखाले मन त्यो चियाउन सधै पर्खी बसेको थियो ।

ब्यूँझ्यो प्रेम प्रभातबाट बलियो छाया लिई स्वर्गको ।

गर्थेँ पुष्प र पत्रले हृदयको प्रेमादी सम्बोधन ।

भन्दे प्यार उनीसितै यतिकुरा गर्दैछु आन्दोलन ।।२

 

हेर्दै शौम्य गुलाफको वदनमा गरिरहेँ बन्दना ।

प्रेमै दिव्य सुवर्ण मेघ सरीको अहा! मीठो कल्पना ।।

चिन्ता छैन रङ्गाईदिन्छु सहजै खुशी मिलाईकन ।

नाता जोर्न म आउँनेछु दिलको आभा उज्यालोसँग ।।३

 

टुट्यो सुन्दर जिन्दगी सुनहला सारा खरानी भयो ।

कस्ले बुझ्दछ वेदना हृदयको यो प्रेममा कष्ट भो ।।

आफ्नो हार्दिक देवता पर हुँदा रोईरहेको मन ।

जो सम्झी गह बन्छ नित्य रसिलो आत्मा रुँदा दिन्दिन ।। ४

 

हाम्रो भेट हुँदा दुबै तरफमा आँखा जुधेका थिए ।

आत्माभित्र बस्यौ तिमी बसिदियौ संकोच नै रित्तिए ।।

मीठो माद चढ्यो बढ्यो ढुकढुकी के के मलाई भयो ?

तिम्रो मात्र छ सम्झना मनभरी सम्हाल्न गाह्रो छ यो ।।५

 

दोबाटो ढुकुँला म सम्झी बसुँला तिम्रै प्रतीक्षा गरी ।

आए हुन्छ तिमी यिनै पवनमा पर्खी यता बस्छु नी ।।

मेरो साथ रमाउँदै सँगसँगै हाँस्ने तिमी हैन र ?

बिर्सू बिर्सिन सक्दिन म त सखे भुल्नै कहाँ सक्छु र ?६

 

काबुमा मन राख्न सिक्नु कसरी ती याद तिम्रो हुँदा ।

आँखाबाट बलिन्द्र भो बरबरी सम्झी यता म रूँदा ।।

भक्कानो मुटुमा नपारूँ कसरी दुखे मुटुका कुना ।

पीडा मात्र थपिन्छ झन् सकसले बाँकी छ यो सम्झना ।।७

– सुमित्रा सुमी

नुवाकोट ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार